Shikhar Insurance
National Life

तरलता संकुचनमा समेत एनएमबि बैंकले विद्युतिय गाडी खरिदमा कर्जा दिइरहेको छ–सीइओ केसी

सिंहदरबार संवाददाता
२०७८ चैत्र १७, बिहीबार १६:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता संकुचनको समस्या बढ्दै गएका कारण अधिकांश बैंकहरुले नयाँ कर्जा रोकेका छन् । तर, एनएमबि बैंकले भने यस्तो समस्याबीचपनि विद्युतिय गाडी खरिदका लागि भने कर्जा प्रवाह गरिरहेको बैंकका सीइओ सुनिल केसीले बताएका छन् ।

नेपालको बैंकिङ क्षेत्रको करिब २ खर्ब ५० अर्ब रुपैयाँ लगानी उर्जा क्षेत्रमा रहेको छ । जसमध्ये सबैभन्दा बढी लगानी एनएमबि बैंकले गरेको हो ।
बैंकले ४५ वटाभन्दा बढी हाइड्रोका परियोजनाहरुमा लगानी गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले गरेको कुल कर्जा लगानीमध्ये करिब १६ प्रतिशत हाइड्रो पावर प्रोजेक्टहरुमा गरेको सीइओ केसीले हिमालयन हाइड्रो एक्सपो आयोजक कमिटीले गरेको पत्रकार सम्मेलनमा जानकारी दिए । एनएमबि बैंक हिमालयन हाइड्रो एक्सपोको मुख्य प्रायोजक हो ।

बैंकले कोभिडको विषम परिस्थिति र तरलता संकटको अहिलेको अवस्थामा पनि उर्जा र त्यसले समेट्ने सबै क्षेत्रमा कर्जा प्रवाह गर्न पछि नपरेको उनको भनाइ छ ।
मुलुकको दिगो विकासका लागि बैंकहरुले उर्जा क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता औंल्याउदै उनले विद्युत उपयोग बढाउने क्षेत्रमा समेत एनएमबिले कर्जा प्रवाह नरोकेको बताएका हुन् ।

‘एनएमबिले हाइड्रो प्रोजेक्टहरुमा मात्र नभएर धेरै अगाडिदेखि नै विद्युतिय गाडीलाई समेत प्राथमिकता राखेर कर्जा दिइरहेको हो,’ सीइओ केसीले भने, ‘अहिले तरलताको चाप पर्दा समेत विद्युतिय गाडीमा भने कर्जा प्रवाह बैंकले रोकेको छैन ।’

विद्युतिय गाडीको प्रयोग बढाउन र बढ्दो पेट्रोलियम पदार्थको आयातले मुलुकको विदेशी संञ्चिति घटाएको भन्दै सोलाई कम गर्न सहयोग पुगोस् भनेर विद्युतिय गाडीमा कर्जा प्रवाह नरोकेको उनको भनाइ छ । साथै बैंकले विद्युतिय गाडीको प्रयोग बढाएर वातावणिय प्रदुषण कम गर्न सहयोग हुने भएकाले पनि सो शिर्षकको कर्जा तरलता समस्या हुँदा समेत नरोकेको उनले बताए ।

पछिल्लो समय नेपालमा एनर्जी क्राइसिस्को अवस्था देखिरहेकाभन्दै उनले यसले गर्दा उर्जा क्षेत्रको तर्फबाट आउने अवसरहरु गुम्दै गएको बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्