Shikhar Insurance
National Life

स्रोत नखुलेको ६३ लाख रुपैयाँसहित तीन युवक पक्राउ

सिंहदरबार संवाददाता
२०७८ चैत्र १७, बिहीबार १४:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । विगत ५ दिनको अवधिमा महोत्तरीमा स्रोत नखुलेको ६३ लाख रुपैयाँ सहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार गत आइतबार ५५ लाख रुपैयाँ सहित दुई युवक पक्राउ परेका थिए भने बिहीबार ८ लाख रुपैयाँ सहित थप एक युवक पक्राउ परेका हुन् ।

जिल्लाको जलेश्वर–बर्दिबास सडकखण्डको औरहीमा गत आइतबार दिउँसो स्रोत नखुलेको ५५ लाख रुपैयाँसहित औरही नगरपालिका–२ चेपकट गाउँ बस्ने २० वर्षीय धीरजकुमार यादव र सोही स्थान निवासी १८ वर्षीय रमेशकुमार सहनी पक्राउ परेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

ज ९प ८२४७ नं को मोटरसाइकलमा बसेर कालो झोलामा ५५ लाख रुपैयाँ बोकी गइरहको अवस्थामा प्रहरीले शङ्का लागि जाँच गर्दा उनीहरु पक्राउ परेका थिए । रकमको स्रोत खुलाउन नमानेपछि उनीहरुलाई प्रहरीले कारबाहीका लागि बरामद रकमसहित जलेश्वर भन्सार कार्यालयमा बुझाएको थियो ।

त्यसैगरी भारतबाट स्रोत नखुलेको करिब ८ लाख रुपैयाँसहित नेपाल प्रवेश गरेका औरही नगरपालिका–५ बस्ने रामश्रेष्ठ दासका छोरा २० वर्षीय वीरेन्द्रकुमारलाई गएराति प्रहरीले पक्राउ गरेको थियो । भारत बिहारको कन्हमा सहरबाट कम्मरमा बेरेको कपडा भित्र रकम राखी साइकलमा सम्सी गाउँपालिका–स्थित प्रहरीचौकी नजिक आउँदै गरेका उनीमाथि शङ्का लागि जाँच गर्दा प्रहरीले स्रोत नखुलेको ७ लाख ९१ हजार रुपैयाँबरामद गरेको थियो ।

पक्राउ परेका दासलाई गएराति नै मुख्य भन्सार कार्यालय जलेश्वरमा लगिएकामा कार्यालय बन्द भएकाले आज बुझाइएको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्