काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले कुनै गठबन्धन नगरी एक्लै चुनाव लड्ने बताएका छन् ।
अध्यक्ष ओलीले ‘सूर्यविनायक हरित कृषि तथा थोक बजारको उद्घाटन गर्दै एमालेले कुनै दलसँग गठबन्धन नगर्ने र एक्लै चुनावमा जाने बताएका हुन् ।
अध्यक्ष ओलीले एमालेकै नेतृत्वमा देशमा समृद्धि ल्याइने दावी गरे । उनले भारतसँग मात्र नभएर चीनसँग पनि पारवहन सम्झौता भएको उल्लेख गर्दै नेपालले समुद्रबाट पनि सामान ल्याउन सक्ने र ठूला जहाज आउन सक्ने बन्दरगाह खोलेको बताए ।
उक्त कृषि तथा थोक बजार व्यवसायी तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले भक्तपुरको सूर्यविनायकमा सञ्चालनमा ल्याएका हुन् । व्यवसायी प्रसाईले ५० रोपनी क्षेत्रफलमा २ अर्ब रुपैयाँको लगानीमा कृषि तथा तरकारी बजार सञ्चालनमा ल्याएका हुन् ।
कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ र एमाले सांसद महेश बस्नेतले देशमा स्थानीय तहको निर्वाचन आएसँगै एमालेको लहर आएको दावी गरे ।
प्रतिक्रिया दिनुहोस्