काठमाडौं । नेपाली काँग्रेसले बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा सत्तारुढ गठबन्धनबीच तालमेल गर्ने निर्णय गरेको छ । चार दिन चलेको केन्द्रिय समिति बैठकले स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको हो ।
काँग्रेसले स्थानीय आवश्यकता र परिस्थितिका आधारमा गठबन्धन गर्ने निर्णय लिएको हो । ‘स्थानीय अवस्था र आवश्यकता अनुरुप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने निर्णय यो बैठक गर्दछ ।’, काँग्रेस बैठकको निर्णयमा लेखिएको छ ।
प्रतिक्रिया दिनुहोस्