Shikhar Insurance
National Life

‘अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैक आ–आफ्नै तालमा हुँदा अर्थतन्त्र संकटमा पुग्यो’

आर्थिक संघ अध्यक्ष प्याकुरेल
सिंहदरबार संवाददाता
२०७८ चैत्र १५, मंगलवार १९:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैक आ–आफ्नै तालमा रहँदा समस्या भएको अर्थविद विश्वम्भर प्याकुरेलले बताएका छन् । उनले नेपाल आर्थिक संघ र बैंक तथा वित्तिय संस्था परिसंघले संयुक्त रूपमा आयोजना गरेको नेपालको वर्तमान आर्थिक अवस्था र आगामी बजेटु विषयक आर्थिक बहस कार्यक्रम सम्बन्धित निकाय हेलचेक्राइले गर्दा मुलुकमा अर्थतन्त्र संकटमा परेको उनले बताएका हुन् ।

आर्थिक संघका अध्यक्ष समेत रहेको अर्थविद प्याकुरेलले अर्थतन्त्र जोगाउनहो भने आ–आफ्नै तालमा रहेका यी तिनवटा निकायबीच एक ठाउँमा आएर समन्वयन गर्न आवश्यक रहेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

क्रिप्टोकरेन्सीलाई गैरकानुनी भन्ने नितिमा पुनर्विचार गर्नुपर्ने उनको भनाइ छ ।

‘क्रिप्टोकरेन्सीबाट कति पुँजी पलायन भईरहेको छ, त्यो राष्ट्र बैक र अर्थमन्त्रालयलाई पनि थाहा छैन, हामीलाई थाहा हुने कुरै भएन,’ उनले भने, ‘अरू मुलुककमा कति लगानी क्रिप्टो करेन्सीमा कति गएको छ विवरण तयार भइसकेको छ, आरविआइकको डिजिटल करेन्सी ल्याउने भनेको, हामीले पनि पुनर्विचार गरेर होमवर्क सुरू गर्नुपर्छ ।’

यद्यपि आफुले क्रिप्टोकरेन्सिलाई तत्काल फर्मलाइज गरिहाल्नुपर्छ भन्न नखोजेको उनले बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्