Shikhar Insurance
National Life

चुनाव अघि आधा दर्जन बढी सरकारी नियुक्ती

सिंहदरबार संवाददाता
२०७८ चैत्र १५, मंगलवार १८:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले स्थानीयतहको निर्वाचन अघि अगावै आधा दर्जनबढी सरकारी नियुक्ती दिएको छ । निर्वाचन आयोगले स्थानीयतहको निर्वाचनको लागि आचार संहिता जारी गर्ने अन्तिम तयारी गरिरहेको बेला सरकारले विभिन्न सरकारी निकायहरुमा नियुक्ती दिएको हो ।

मन्त्रिपरिषद्को यही चैत १४ गते बसेको बैठकले गरेका निर्णयहरु आज सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

जसमा नेपाल राजश्व परामर्श समितिको सदस्यमा लेखनाथ शर्मा पँगेनी र डा जीवन अंगाई, दुग्ध विकास संस्थानको महाप्रबन्धकमा सञ्जीव झालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

यस्तै राष्ट्रिय भूमि आयोगको सदस्यमा भैरवराज रेग्मी र नापी विभागका उपमहानिर्देशक करुणा केसीलाई तोकिएको छ । लोक सेवा आयोग तथा न्याय सेवा आयोगको सिफारिसबमोजिम विभिन्न सेवा, समूहका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतहरुलाई सम्बन्धित सेवा समूहको राजपत्राङ्कित प्रथम श्रेणीका पदहरुमा नियुक्त तथा पदस्थापन गर्ने निर्णय गर्नाका साथै नेपाल दूरसञ्चार प्राधिकरणको सदस्य नियुक्तिका लागि सिफारिस गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको छ ।

सरकारले जापानका लागि पूर्वराजदूत केदारभक्त माथेमालाई जापान सरकारबाट प्रदान गरिने सम्मान ग्रहण गर्न स्वीकृत दिने निर्णय गरेको छ ।

यस्तै चितवन इन्जिनियरिङ क्याम्पस रामपुरलाई ब्याचलर अफ आर्टिटेक्चरमा विद्यार्थी सङ्ख्या २४ सहितको नयाँ कार्यक्रम अध्ययन अध्यापन गराउन अस्थायी मान्यता प्रदान गरेको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्