Shikhar Insurance
National Life

वाणिज्य बैंकहरुको निक्षेप ३ अर्बले घट्दा कर्जा २ अर्ब रुपैयाँले घट्यो

सिंहदरबार संवाददाता
२०७८ चैत्र १४, सोमबार १५:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । कर्जाको माग अनुसार निक्षेप संकलन गर्न नसकेपछि वाणिज्य बैंकहरुले नयाँ कर्जा ठप्प गरी दिएको ऋण समेत उठाउन थालेका छन् । चैतको ११ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप ३ अर्ब र कर्जा २ अर्ब रुपैयाँले घटेको हो ।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले गत फागुन मसान्तसम्म ४३ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । जुन चैतको ११ गतेसम्म आइपुग्दा ३ अर्ब रुपैयाँले घटेर ४३ खर्ब ३० अर्ब रुपैयाँमा सिमित भएको नेपाल बैंकर्स संघको तथ्यांकले देखाएको छ । यद्यपी चैतको ४ गतेसम्म संकलित निक्षेपमा भने वाणिज्य बैंकहरुले २ अर्ब रुपैयाँ थप गरेका हुन् । चैत ४ गतेसम्म वाणिज्य बैंकहरुले ४३ खर्ब २८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसरी निक्षेप संकलन घट्न थालेपछि कर्जा प्रवाह समेत बैंकहरुले घटाएका छन् । वाणिज्य बैंकहरुले गत फागुन मसान्तसम्म ४१ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जुन चैत ११ गतेसम्म आइपुग्दा २ अर्ब रुपैयाँले घटेर ४१ खर्ब ७० अर्ब रुपैयाँमा सिमित भएको छ । यद्यपी चैत ४ गतेसम्म प्रवाहित कर्जामा भने २ अर्ब रुपैयाँ थप भएको हो । सो अवधिमा वाणिज्य बैंकहरुले ४१ खर्ब ७० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

कर्जा प्रवाह र निक्षेप संकलनको संतुलन कायम गर्न नसक्दा वाणिज्य बैंकहरुको सीडी रेसीयो समेत ताकिएको सीमा माथि पुगेको छ । चैत ११ गतेसम्म वाणिज्य बैंकहरुको औषत सीडी रेसीयो ९१.१३ प्रतिशत रहेको संघले उल्लेख गरेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्