Shikhar Insurance
National Life

महालक्ष्मी लाइफको नयाँ क्यालेण्डर, असार भित्रै आईपीओ

सिंहदरबार संवाददाता
२०७८ चैत्र १४, सोमबार १४:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले २०७९ सालको आफ्नो क्यालेन्डर सार्वजनिक गरेको छ । कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले चैत्र १३ गते प्रधान कार्यलायमा आयोजित संक्षिप्त कार्यक्रममा उक्त क्यालेन्डर वितरणको लागि सार्वजनिक गरेका हुन् ।

प्राकृतिक पर्यटनलाई सघाउ पुग्ने गरी नेपालको दुर्गम हिमाली क्षेत्रमा रहेको तालहरु क्यालेन्डरमा समावेश गरिएको छ । क्यालेन्डर सार्वजनिक कार्यक्रममा संचालकहरु उमेशलाल श्रेष्ठ, सुरेश सापकोटाको उपस्थिति रहेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कारोबार संचालन भएको ३ तिन वर्ष पुगेको कम्पनीको हाल ६५ वटा शाखा रउपशाखा संचालनमा रहेको छ भने तिन वर्षको अवधिमा कम्पनीले ३ अर्ब भन्दा बढी प्रिमियम संकलन गरिसकेको छ । कम्पनीले आउने आषाढ भित्र चुक्ता पूँजीको ३० प्रतिशत बराबरको शेयर सर्वसाधारणलाई बिक्रि गर्ने गरी तैयारी गरिरहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्