Shikhar Insurance
National Life

काँग्रेस बैठकमा अर्थमन्त्री फेर्ने प्रस्ताव, ‘जनार्दन शर्मालाई नहटाए मतपत्र छाप्ने पैसा नि हुन्न’

सिंहदरबार संवाददाता
२०७८ चैत्र १३, आईतवार १६:५५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रिय समिति बैठकमा अर्थमन्त्री जनार्दन शर्मालाई हटाउनुपर्ने आवाज उठेको छ । काँग्रेस केन्द्रिय सदस्य तथा सांसद प्रकाश रसाईलीले अर्थमन्त्री शर्माका कारण गठबन्धन नै बदनाम बनेकाले तत्काल बर्खास्त गर्नुपर्ने माग गरेका हुन् ।

‘अर्थमन्त्रीकै कारण गठबन्धन बदनाम भएको छ, प्रधानमन्त्रीले गठबन्धनका नेताहरुसँग सल्लाह गरेर अर्थमन्त्री हटाउनु पर्छ, अन्यथा बर्खास्तै गरेर भए पनि अघि बढ्नुपर्छ, के माओवादी भित्र अर्थमन्त्री बन्न लायक मान्छे छैनन् र ? पक्कै छन्, अन्य माओवादी सांसदलाई अर्थमन्त्री बनाए हुन्छ तर शर्माबाट अर्थतन्त्रको उत्थान सम्भव छैन’, केन्द्रिय समिति बैठकमा आफुले राखेको धारणाबारे काँग्रेस केन्द्रिय सदस्य रसाईलीले सिंहदरबारसँग भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले शर्मालाई निरन्तरता दिईरहने हो भने देश श्रीलंकाको हालतमा पुग्ने र अर्काे निर्वाचनमा मतपत्र छाप्ने पैसाको समेत अभाव हुन सक्ने तर्फ सचेत रहनुपर्ने पनि बताए । ‘हामी गठबन्धन भनेर बसिरहने अनि अर्काे निर्वाचनमा मतपत्र छाप्ने पैसा पनि भएन भने के गर्ने ? माओवादीका योग्य मान्छेलाई अर्थमन्त्री बनाए हुन्छ, शर्माबाट अर्थतन्त्रमा कुनै सुधार ल्याउन सकिन्न’, प्रतिनिधी सभा सदस्य समेत रहेका नेता रसाईलीले भने ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्