Shikhar Insurance
National Life

नबिल बैंकले बौद्धनाथ स्तुपामा लगायो वातावरण मैत्री लुङ्गटा

सिंहदरबार संवाददाता
२०७८ चैत्र १३, आईतवार १६:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । नबिल बैंक लिमिटेडले बौद्धनाथ स्तुपामा वातावरण मैत्री लुङगटा जडान गरेको छ । बैंकले विश्वमा बढ्दै गएको जलवायु परिवर्तनप्रतिको संवेदनशीलतालाई मनन् गर्दै वातावरण मैत्री लुङगटा जडान गरेको हो । बैंकले नाइलनको कपडा र नाइलनको डोरीबाट बनाइएका पुराना सामग्री वातावरणमैत्री नहुने भएकाले वातावरणमैत्री सामान प्रयोग गर्ने कार्य गरेको हो ।

हरित उद्यमको क्षेत्रमा काम गर्दै आएकी आङ डोल्मा शेर्पाले नबिल बैंकबाट ऋणको सहयोगमा शुरु गरेको वातावरणमैत्री लुङ्गटा उत्पादनलाई प्रोत्साहन समेत गर्ने र विश्व सम्पदा सूचीमा रहेको बौद्ध स्तुपालाई वातावरणमैत्री सामग्रीको प्रयोगबाट स्वच्छ बनाउँन नयाँ लुङगटा जडान गरेको बैंकका सिईओ अनिल शाहले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरण संरक्षणको क्षेत्रमा विभिन्न कामहरु गर्दै आएको छ । बैंकले नियमित बैंकिङ गतिविधि अन्तर्गत पनि दीगो विकासलाई सहयोग पुग्ने कार्य गर्दै आएको छ । यसै वर्ष देखि शुरु गरेको नबिल दीगो बैंकिङ अन्तर्गत हरित उद्यम, कृषि, नविकरणीय उर्जाको क्षेत्रमा लगानी गर्ने र यस्ता उद्यमलाई प्रोत्साहन समेत गर्दै आएकोछ । हरेक दीगोपनाको शुरुवात घरबाट हुन्छ भन्ने उद्घोषसहित शुरु भएको नबिल दीगो बैंकिङले समाजका विभिन्न क्षेत्र र व्यक्तिलाई जोड्ने र वातावरण संरक्षणमा विभिन्न योगदान गर्ने क्रियाकलापहरुलाई प्राथमिकतामा राखेको छ ।
विभिन्न अध्ययनहरुले देखाए अनुसार नेपाल जलवायु परिवर्तनको जोखिममा विश्वकै चौथौ स्थानमा पर्छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्