Shikhar Insurance
National Life

भारतमा नेपाली लघु, घरेलु तथा साना उद्योगका उत्पादनको प्रवद्र्धनमा सघाउँछुः राजदूत शर्मा

सिंहदरबार संवाददाता
२०७८ चैत्र १३, आईतवार १६:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालको प्रतिनिधित्व गर्दै भारतका लागि नवनियुक्त राजदूत डा शंकरप्रसाद शर्माले लघु, घरेलु तथा साना उद्योगहरुले उत्पादन गरेका वस्तुहरुको अन्तराष्ट्रिय प्रवद्र्धनमा सघाउने प्रतिवद्घता व्यक्त गरेका छन् । स्थानीयस्तरमा उत्पादित वस्तुहरुलाई भारतमा प्रवद्र्धजान गर्ने उनले बताए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीमा आयोजना गरेको वधाइ तथा शुभकामना कार्यक्रममा आफुले काम गर्ने मुलुकमा साना उद्योगीका नेपाली उत्पादन र वस्तुहरुको बजारीकरणमा सघाउने उनले बताए । लगानी र निर्यात अभिवृद्धिका क्षेत्र पहिचान गरेर सरकार र निजी क्षेत्रले संयुक्तरूपमा काम गर्न सक्ने भन्दै उनले दुई देशका निजी क्षेत्रबीच सम्बन्ध विस्तार गरी लगानीमा सहजीकरण गराउनेतर्फ आफूले पहल गर्ने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपालसँग भारतको र भारतसँग नेपालको सम्बन्ध एकदमै प्रगाढ रहेको भन्दै उनले भने – “चाहे व्यापारको कुरा गरौ, आयात निर्यातकै पनि कुरा गरौं । झण्डै कुल व्यापारमा दुई तिहाई भारतमै हुने गरेको छ । निर्यातमा पनि सोयाबिन तेल, पाम तेलले गर्दा झण्डै ७५ प्रतिशत भारतमा हुने गरेको छ ।”

महासंघका निवर्तमान अध्यक्ष श्याम प्रसाद गिरीले अन्तराष्ट्रियस्तरमा नेपालको इकोनोमिक डिप्लोमेसी भनेको अहिलेसम्म दूतावासको भित्तामा नेपाली वस्तुमा टुङ्गिने गरेको पाइएको र भारतमा पनि त्यस्तै पाइएको बताए ।

महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले सरकारको आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने उत्पादनमूलक उद्यम व्यवसायको प्रवद्र्धन गर्नुपर्ने मुख्य चुनौती रहेको भन्दै यस्तो चुनौतीको सामना गर्न लघु, घरेलु तथा साना उद्योगहरुको विकास र प्रवद्र्धन गर्न आवश्यक भएकोमा जोड दिए । यस्ता उत्पादनहरुको निर्यात प्रवद्र्धनका लागि राजदूत शर्माले आफ्नो कार्यक्षेत्रमा आर्थिक कुटनीतिको भूमिका खेल्ने अपेक्षा उनले व्यक्त गरे ।
कार्यक्रममा महासंघका पूर्व अध्यक्षहरु वासु गिरी, सुरेश प्रधान, वरिष्ठ उपाध्यक्ष सुर्य कँडेल, महासंघअन्तरगत महिला उद्यमी समितिका अध्यक्ष रोशनी उपाध्यायलगायतको सहभागिता रहेको थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्