Shikhar Insurance
National Life

माउन्टेनले इनर्जीले २ अर्ब १४ करोडको म्रिस्ट्रीखोला दोस्रोको काम अघि बढायो

सिंहदरबार संवाददाता
२०७८ चैत्र १२, शनिबार २१:५५
Hyundai
NCELL
NIMB

गण्डकी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा १२ मेगावाट क्षमताको म्रिस्ट्रीखोला दोस्रो जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढेको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा गत वर्ष ४२ मेगावाट क्षमताको म्रिस्ट्रीखोला पहिलो जलविद्युत् आयोजना बनाएको माउन्टेन इनर्जी नेपाल लिमिटेडले सोही आयोजनाको विद्युतगृहबाट निस्कने पानीबाट अर्को आयोजना बनाउने तयारी गरेको हो । सर्वेक्षण सकिएको आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार पार्ने क्रममा रहेको परामर्शदाता संस्था इन्भाइरोमेन्टल पार्टनर्स प्रालिका शङ्कर बस्यालले बताए । “म्रिस्ट्रीखोलाको विद्युतगृहबाट निस्कने पानीलाई पाइपलाइन र सुरुङमार्फत घारखोला नजिकैमा निर्माण हुने भूमिगत विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गर्न लागिएको हो,” उनले भने ।

म्रिस्ट्रीखोलाको विद्युत्गृहदेखि पाउद्वार तातोपानी कुण्डभन्दा तलसम्म एक किलोमिटर हेडरेस कल्भर्ट र त्यहाँबाट दुई किलोमिटर ८८.२९ मिटर लामो सुरुङबाट ल्याएको पानी ७३.३७ मिटर उचाइको आउटलेटबाट विद्युतगृहमा खसालिनेछ । पहाडभित्र भूमिगत विद्युतगृह बनाइने आयोजनाबाट वार्षिक ६६.४३ मेगावाट क्षमताको विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । कूल दुई अरब १४ करोड ८३ लाख लागत अनुमान गरिएको आयोजना निर्माण अवधि तीन वर्षको हुनेछ । लागतका हिसाबले यो आयोजना सस्तो हुने माउन्टेन इनर्जीका प्रतिनिधि राजेन्द्र शर्माले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

शर्माले तातोपानी कुण्डलाई असर नहोस् भनेर सुरुङको विकल्प खोजिएको बताए । कालीगण्डकी किनार नजिकैबाट घट्टखोलाको पानी पनि म्रिस्ट्रीखोला–२ को सुरुङमा मिसाइने भएकाले नारच्याङको सिँचाइ तथा खानेपानीमा असर नपुग्ने उनले बताए । अन्नपूर्ण गाउँपालिका–४, ५, ३ र २ नम्बर वडा आयोजनाबाट प्रभावित हुनेछन् । पाउद्वार तातोपानी कुण्ड संरक्षणका लागि रु २५ लाखसहित आयोजना निर्माणका क्रममा हुने वातावरणीय असर न्यूनीकरणका लागि रु ७८ लाख विनियोजन भएको छ । रासस

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्