काठमाडौं । बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले बीमा कम्पनीहरुलाई तोकिएको नयाँ चुक्ता पुँजी पुर्याउनका लागि हकप्रद सेयर नदिने भन्ने अडान नरहेको बताएका छन् । पुँजी वृद्धि सम्बन्धी निर्णय गरेपछि सिंहदरबारसँगको कुराकानीमा अध्यक्ष सिलवालले नयाँ पुराना सबै कम्पनीले ३० दिन भित्र पुँजी वृद्धि सम्बन्धी योजना पेश गर्नुपर्ने र त्यसमा हकप्रद राख्ने वा नराख्ने भन्नेबारे समितिको कुनै अडान नरहेको स्पष्ट पारेका हुन् ।
‘कम्पनीहरुले कसरी पुँजी पुर्याउने हो ? त्यसको योजना बुझाउनु परो, मर्जरमा लगेर पुँजी पुर्याउँछ की कसरी पुर्याउँछ ? कति राइट राख्ने हो ? कति बोनस राख्ने हो ? प्रस्ताव आउनुपरो अनि हामी हेछौ’ , अध्यक्ष सिलवालले भने ।
हकप्रद दिँदै नदिने भन्ने आफुहरुको अडान नरहेको पनि उनले बताए । ‘पुँजी पुर्याउनका लागि हकप्रद दिँदै दिँदैनौं भन्न हामी सक्दैनौं, त्यो पनि पुँजी बढाउने एउटा इन्स्ट्रुमेन्ट त हो नी तर कति दिने भन्ने कुरा हाम्रो भयो । बजारमा राइटदेखि बाहेक पनि पुँजी बढाउने बाटो खुलोस भन्ने हाम्रो चाहना हो । नपुग्ने हो भने राइट पनि हाल्ने हो ।’, सिलवालले सिंहदरबारसँग भने ।
उनले पुँजी वृद्धि गराउँदा क्रस होल्डिङलाई उच्च प्राथमिकतामा राखेर मर्जमा पठाउने पनि बताए ।
प्रतिक्रिया दिनुहोस्