Shikhar Insurance
National Life

लोडसेडिङ नगर्न भारतबाट प्रतियुनिट ३८ रुपैयाँमा विजुली किन्दै प्राधिकरण

सिंहदरबार संवाददाता
२०७८ चैत्र १०, बिहीबार १६:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पिक डिमाण्ड पुर्तिकालागि प्रति युनिट २० रुपैयाँमा भारतबाट विजुली खरिद गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले पत्रकार सम्भेलनमा भारतिय बजारबाट सो मूल्यमा विजुली खरिद गर्न लागिएको जनाएको हो ।

त्यसमा अन्य लागत थप गर्दा प्रति युनिट ३८ रुपैयाँसम्म पर्न सक्ने प्राधिकरणको अनुमान छ । नेपालको वर्तमान उर्जाको माग औसत माग करिब १४ सय मेगाबाट रहेको तर उत्पादन भने औषत ९ सय मेगावाट भएकाले अपुग विजुली खरिद गर्नूपरेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान धिसिङले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘नेपालमा अहिले उत्पादन भन्दा माग धेरै भएका कारण वितरणमा केहि समस्या देखिएको छ आजको बिटमा हामीले प्रतियुनिट २० रुपैयाँ भारु लगाएका छौँ, यो विजुली भरे १२ बजेबाट प्रसारणमा आउने भएकाले समस्या हुँदैन ।’

स्वादेशमै विद्युतको खपत बढाउने वातावरण निर्माण गर्न उनले प्रतिवद्धता गरे । सुक्खा समय तथा भारतिय बजारको माग तथा आपुर्ति सन्तुलन बिग्रिएकाले भएको अहिलेको समस्या अल्पकालिन भएको हुँदा अब लोडसेडिङ हुँदैन नहुने उनको भनाइ छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्