Shikhar Insurance
National Life

कृषि कर्जा लिएर जग्गा किन्नेहरुको संख्या बढेको छः सिईओ अधिकारी

सिंहदरबार संवाददाता
२०७८ चैत्र ९, बुधबार २१:३४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल बैंकका प्रमुख कर्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले औपचारीक कर्जाको सुरुवात नै कृषि कर्जाबाट भएको बताएका छन् । चितवनमा आयोजीत कृषि कर्जा मेलामा सिईओ अधिकारीले भने–“कृषि कर्जाको संस्थागत रुपमा वि.सं. १९९४ मा नेपाल बैंकले विराटनगर जुट मिललाई १ लाख रुपैयाँ लगानी गरेर सुरु भएको हो, जुन नेपालमा बैंकबाट भएको पहिलो कर्जा लगानी पनि हो ।”

कृषिमा बैंकहरुले कर्जा लगानी गरिरहेको तर किसानहरुले गुनासो पनि गरिरहेको अवस्थाले कहिँ न कहिँ गडबडी रहेको हुन सक्ने पनि उनले बताए । “कृषिमा बैंकहरुले कर्जा लगानी गरिरहेका छन्, भने त्यसबाट लाभ नपाएको गुनासो किसानको छ । कतै नै कैत “मिसम्याच’ त भइरहेको छ ।”, सिईओ अधिकारीले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले कृषिको नाममा कर्जा लिएर जग्गा खरिद गर्ने क्रम पनि बढेको भन्दै कृषकको नाममा त्यस्तो गलत कार्य हुने गरेको बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्