Shikhar Insurance
National Life

बैंकहरुले कृषिमा लगानी गरेनन् भन्न मिल्दैनः सिईओ बज्राचार्य

सिंहदरबार संवाददाता
२०७८ चैत्र ९, बुधबार २१:१८
Hyundai
NCELL
NIMB

चितवन । ग्लोबल आइएमई बैंकको सिइओ रत्नराज बज्राचार्यले कृषि क्षेत्रले जीडीपीमा दिएको योगदानको ५० प्रतिशत कर्जा जाँदा पनि कृषिमा बैंकहरुले लगानी गरेनन् भन्न नमिल्ने बताएका छन् ।

चितवनमा आयोजीत नेपाल र एशियाकै पहिलो तथा विश्वको दोस्रो कृषि कर्जा मेलामा सिईओ बज्राचार्यले भने –“निक्षेप र जीडीपी साइज बराबर छ । ४० खर्बको जीडीपी छ । त्यसको २५ प्रतिशत योगदान भएको कृषिमा जीडीपीमा दिएको योगदानका ५० प्रतिशत अथात् ५ खर्ब लगानी छ,” उनले भने, “५ अर्ब लगानी हुँदा पनि कृषिले फड्को मार्न सक्दैन भने त्यसमा केही समस्या त पक्कै छ, कृषिको इकोसिस्टमा खै ?”

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले कृषिमा २/४ लाख देखि अर्बौं पनि लगानी गरेको र कुनै किसानलाई एक त्रैमासमा ब्याज तिर्न अर्को त्रैमासमा तिर्नको लागि पनि छुट दिने गरेको उनले बताए । “कृषिमा बैंकले पैसा दिएकै छ । हामी कहाँ अलमलिएका छौं,” उनले भने, “सबै ‘इको सिस्टम’मा कहाँ समस्या छ सोचौं । बैंकलाई मात्रै दोस नथोपारौं ।”

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उद्घाटन गरेको मेला माघ १२ गतेसम्म सञ्चालन हुनेछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्