Shikhar Insurance
National Life

ऋण नडुब्ने ग्यारेन्टी भए कृषिमा ५० करोड ऋण लगानी गर्न पनि तयार छौंः सिईओ शाह

सिंहदरबार संवाददाता
२०७८ चैत्र ९, बुधबार २१:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले पनि कृषिमा समग्र ‘इको सिस्टम’ र ‘भ्यालु चेन’ मा नै समस्या रहेको बताएका छन् । चितवनमा आयोजीत नेपाल र एशियाकै पहिलो तथा विश्वको दोस्रो कृषि कर्जा मेलामा सिईओ शाहले आफ्नो अनुभव सनाउँदै भने, “धेरै ठाउँमा जाँदा तपाईंहरु किसानलाई कर्जा दिनु हुँदैन ? बैंकले कर्जा दिएको भए किन युवा विदेश जानुपर्थ्यो ? घरजग्गा र सेयरमा कर्जा दिनुहुन्छ तर किसानलाई पैसा दिनुहुन्न भन्ने गरेको सुनिन्छ,” उनले सुनाए ।

नविल बैंकले दिगो बैंकिङ मार्फत गाउँ गाउँमा आफ्नो टिम खटाएको बताए । “नबिल बैंकले ‘नबिल दिगो बैंकिङ’ गरेर हाम्रो टिमलाई गाउँमा किसनसँग पठायौं, गाउँमा खेत त छ तर किसान साउदी, मलेसिया र जापानमा रहेछन् । जो किसान रहेछन् उनीहरुले पैसा रोपेर केही हँुदैन बीज चाहियो भन्ने रहेछन् ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकर शाहले भने, “बिज भए पुग्छ भन्दा मल पनि चाहियो, बिज र मल भएपछि हुन्छ भन्दा अब बजार पनि चाहियो भने गुनासो गरे, हाम्रो टिम आएर किसानलाई पैसा मात्रै दिएर नहुने रहेछ बीज, मल, पानि र बजारीकरण पनि चाहिन रहेछ भन्ने गुनोसो आयो ।”

उनले बैंकहरु कर्जा दिन तयार भएपनि निक्षेपकताको पैसा लगानी गर्दा त्यसको सावाँ र थोरै ब्याज फिर्ता हुने सुनिश्चितता खोज्नुपर्ने बताए । “कर्जा दिन बैंक तयार छौं तर, हाम्रो किसानले कर्जा लिएर ब्याज मात्रै तिर्ने मात्रै हैन त्यसबाट आम्दानी गर्न ‘इको सिस्टम’ बनाउनुपर्छ भनेर बुझ्नुभएको छ,” उनले भने, “नबिल बैंक किसान र कृषिमा लगानी गर्ने भनेर अगाडि बढेका छौं । हामी प्रतिवद्धता जनाउँछौं, तर जबसम्म लगानी गरेको पैसाको साँवा र पैसा फिर्ता आउँछ भनेर देखिँदैन लगानी गर्न समस्या हुन्छ ।”

बैंक भनेको निक्षेपकर्ताको पैसाबाट चल्ने भएकोले जबसम्म इकोसिस्टम बनेर त्यो पैसा बैंकरले सुरक्षित देख्दैन कृषि क्षेत्रमा समस्या रहने उनले बताए । “अब त्यो ‘इको सिस्टम’ बनाउन बैंकहरु अगाडि बढ्छ । ५० हजार, ५ करोड र ५० करोडको लोन चाहिए पनि पछि हट्दैनन् । तर, हामी सावाँ र थोरै ब्याज उठ्छ भन्ने वातावरण देख्न चाहान्छौं,” उनले भने ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उद्घाटन गरेको मेला माघ १२ गतेसम्म सञ्चालन हुनेछ ।  कृषि यान्त्रिकीकरण प्रदर्शनीको पाँचौं संस्करणमा कृषि कर्जा मेला आयोजना गरिएको हो । मेलालाई आर एन्ड डी इनोभेटिभ सोलुसन र नेपाल कृषि मेशिनरी व्यवसायी संघले संयुक्त रुपमा आयोजना गरेको हो । मेलाको मुख्य प्रायोजकको रुपमा नबिल बैंक र कृषि विकास बैंक हुन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्