Shikhar Insurance
National Life

सीजी लाइफसेलको लाइसेन्स प्रकरणमा निर्वाण चौधरीको अर्थपूर्ण ट्विट

सिंहदरबार संवाददाता
२०७८ चैत्र ९, बुधबार १०:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । दुर सञ्चार सेवाको युनिफाइड लाइसेन्सका लागि मेहनत गरिरहेको चौधरी समुहका एक सदस्य निर्वाण चौधरीले पुनः लाइसेन्स किन नदिएको भन्दै मुख खोलेका छन् ।

नेपालको एक मात्रै घोषित डलर अर्बपति बिनोद चौधरीका छोरा निर्वाणले सीजी लाइफसेललाई लाईसेन्स नदिनका लागि किन बिरोध गरिएको हो भन्दै प्रश्न गरेका हुन् । उनले समाजिक सञ्जाल ट्विट गर्दै लेखेका छन्ः ‘सीजीलाई लाईसेन्स दिने क्याविनेटको निर्णयपछि गोकुल बाँस्कोटा सीजी टेलिकम लन्चका लागि वार्सिलोना समेत धाउनु भाथ्यो त । पछि उहाँलाई कसले के गरेर प्रभाव पा¥यो कुन्नी त्यो पनि कुनै दिन खुल्दै जाला । उहाँ केबाट प्रभावित हुने गर्नु भएको छ भन्ने त दुनियाँलाई जगजाहेर नै छ नी ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

चौधरी समुहले यतिबेला युनिफाइड लाइसेन्सका लागि कडा प्रयास गरिरहेको छ । बिनोद चौधरी आफैं सरकारको नेतृत्व गरिरहेको पार्टी नेपाली काँग्रेसका सांसद तथा केन्द्रिय सदस्य छन् । प्रधानमन्त्री शेर बहादुर देउवा, देउवा पत्नि आरजु राणा र सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्की समेत चौधरीलाई दुर सञ्चार सेवाको युनिफाइड लाईसेन्स दिन तयार देखिन्छन् ।

सञ्चार सचिव डा. बैकुण्ठ अर्यालले पुरानो मन्त्रिपरिषदको निर्णय र राजपत्रको सूचना अनुसार चौधरी समुहलाई लाइसेन्स दिनु भन्दै नेपाल दुर सञ्चार प्राधिकरणलाई पत्र लेखिसकेका छन् । तर प्राधिकरणले भने मन्त्रिपरिषदबाट निर्णय गरेर राजपत्रमा नयाँ सूचना प्रकाशित गरिसकेपछि सोही बमोजिम मात्रै लाइसेन्स दिन सकिने अडानमा छ ।

चौधरी समुहको तत्कालिन  एसटीएम टेलिकम सञ्चार प्रालीले साविकको पूर्वाधार विकास क्षेत्रमा सेवा विस्तार गर्न लिएको लाइसेन्सका सर्त अनुसार सेवा नदिएकाले युनिफाइड लाइसेन्स दिन नसकिने प्राधिकरण नेतृत्वको अडान रहँदै आएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्