Shikhar Insurance
National Life

पुनकर्जाको नयाँ ब्याजदर कार्यान्वयनमा, बैंकहरुले अब लिनेछन् ७ प्रतिशतसम्म

सिंहदरबार संवाददाता
२०७८ चैत्र ८, मंगलवार १९:५०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई दिने पुनकर्जाको ब्याजदर वृद्धि गरेको छ । संसोधित पुनकर्जा कार्यविधि अनुसार अब बैंकहरुले पुनकर्जा वापत ऋणीहरुसँग ७ प्रतिशतसम्म ब्याज लिनेछन् ।

राष्ट्र बैंकले मौद्रिक नीतिको अर्ध बार्षिक समिक्षा मार्फत पुनकर्जाको ब्याजदर २ प्रतिशत बढाउने घोषणा गरेको थियो । सोही अनुसार पुनकर्जा कार्यबिधी संसोधन गर्दै नयाँ ब्याजदर लागु गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अब राष्ट्र बैंकले लघु, घरेलु तथा साना उद्यममा जाने पुनकर्जाका लागि बैंकहरुलाई ४ प्रतिशत ब्याजमा श्रोत उपलब्ध गराउनेछ भने बैंक तथा वित्तिय संस्थाहरुले ७ प्रतिशत ब्याजमा लगानी गर्नेछन् ।

राष्ट्र बैंकले बिशेष पुनकर्जाका लागि बैंकहरुलाई २ प्रतिशत ब्याजमा श्रोत उपलब्ध गराउनेछ भने बैंकहरुले ५ प्रतिशतमा लगानी गर्नेछन् ।
साधारण पुनकर्जाका लागि भने राष्ट्र बैंकले ५ प्रतिशतमा श्रोत उपलब्ध गराउनेछ र बैंकहरुले ७ प्रतिशत ब्याजमा लगानी गर्नेछन् ।

यसअघि राष्ट्र बैंकले लघु घरेलु तथा साना उद्यम र साधारण पुनरकर्जामा बैंकले ५ प्रतिशतसम्म ब्याज लिन पाउने व्यवस्था गरेको थियो भने विशेष पुनरकर्जाको ब्याजदर ३ प्रतिशत तोकेको थियो । सो बापत बैंकहरुसँग भने लघु, घरेलु तथा साना कर्जाको लागि २ प्रतिशत, साधारण पुनरकर्जाका लागि ३ प्रतिशत र विशेष पुनरकर्जाका लागि १ प्रतिशत ब्याजदर लिने व्यवस्था गरेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्