Shikhar Insurance
National Life

चिनियाँ विदेशमन्त्री शुक्रबार नेपाल भ्रमणमा आउँदै, ओली र प्रचण्डलाई पनि भेट्ने

सिंहदरबार संवाददाता
२०७८ चैत्र ७, सोमबार १६:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणको मिति तय भएको छ । परराष्ट्रमन्त्री डा नारायण खड्काको निमन्त्रणामा चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङले यही चैत ११ गते नेपाल भ्रमण गर्न लागेका हुन् । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै विदेशमन्त्री वाङको भ्रमणका बारेमा जानकारी दिएको छ ।

भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार उनको भ्रमणका अवसरमा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ताको कार्यक्रम तय भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल भ्रमणका क्रममा परराष्ट्रमन्त्री डा खड्का र उनका चिनियाँ समकक्षीबीच प्रतिनिधिमण्डलस्तरमा यही चैत १२ गते द्विपक्षीय हित र चासोका बारेमा छलफल गर्ने कार्यक्रम छ । चिनियाँ विदेशमन्त्री वाङ चैत १३ गते नेपाल भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता हुने कार्यक्रम छ ।रासस

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्