Shikhar Insurance
National Life

श्रीलंकामा पेट्रोलको हाहाकार, लाइनमा बसेका दुई जनाको मृत्यु

सिंहदरबार संवाददाता
२०७८ चैत्र ६, आईतवार १९:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । श्रीलंकामा पेट्रोलियम पदार्थको हाहाकार मच्चिएको छ । त्यहाँ पेट्रोल र मट्टितेलका लागि मानिसहरु लामो लाइन बस्न बाध्य भएका देखिन्छन् । इन्धनका लागि पम्पहरुमा लाइन बसेकामध्ये दुई जनाको मृत्यु भएको छ । फरक फरक दुई पम्पमा लाइन बसेका उनीहरुको लाइन बसेकै अवस्थामा लडेर मृत्यु भएको बीबीसी हिन्दीले लेखेको छ । मृतक दुबै ७० वर्ष भन्दा बढि उमेरका थिए । घण्टौं लाइनमा बसेका उनीहरु दिर्घ रोगी समेत थिए ।

श्रीलंकाको विदेशी मुद्रा सञ्चिति घटेर नाजुक अवस्था बनेको छ जसका कारण इन्धन किन्ने पैसाको जोहो गर्न समेत मुस्किल बनिसकेको छ ।
पेट्रोल पम्पहरुमा लामो लाइन देखिन्छ भने घण्टौं लोड सेडिङको चपेटा परिरहेको छ । श्रीलंकाको आर्थिक अवस्था यति जर्जर भैसकेको छ की प्रश्न पत्र खरिद गर्न नसकेर विद्यालयको परिक्षा समेत रद्ध गरिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

समाचार एजेन्सी एएफपीका अनुसार कोभिडका कारण पर्यटन व्यवसायमा आधािरत श्रीलंकाको अर्थतन्त्र धारासायी भएको हो । श्रीलंकाली अर्थमन्त्री बासिल राजापाक्षेले भारत भ्रमण गरेर सहयोग मागेका थिए । भारतले श्रीलंकालाई खाद्यान्न र औषधी खरिदका लागि एक अर्ब डलर सहयोग गरेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्