Shikhar Insurance
National Life

बैंक वित्तीय संस्थामा तरलताको सङ्कट, घरजग्गाको कारोबारमा बहार

सिंहदरबार संवाददाता
२०७८ चैत्र ६, आईतवार १९:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव कायमै भए पनि घरजग्गाको कारोबारमा भने कुनै प्रभाव नपरेको देखिन्छ । चालु आर्थिक वर्ष लागेदेखि नै बैंकिङ क्षेत्र लगानी योग्य रकम (तरलता) अभावको चपेटामा छ । तर, गत फागुन महिनाको विवरण हेर्ने हो भने बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव पनि छ र ? भन्ने जस्तो तथ्यांकीय तथ्य देखिन्छ ।

नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत घर जग्गाको कारोबारमा कडाइ गरे पनि कारोबारमा भने त्यसको प्रभाव नपरेको पाइएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार फागुन महिनामा मात्रै ७४ हजार ३६ लिखत पारित भएको छ । यस्तै घर जग्गाको नामसारी मात्रै ५ हजार ९ वटा भएका छन् । संशोधनतर्फ कूल ४ हजार ५३९, हाल साविकतर्फ २ हजार ६९३, घर जग्गा रोक्कातर्फ ३६ हजार ५७२ र फुकुवातर्फ कूल २४ हजार ७४९ रहेको विभागको विवरण छ ।

घर जग्गाको सबै विवरण हेर्दा फागुन महिनामा मात्रै एक लाख ६२ हजार ६७८ काम भएका देखिन्छ । गत माघमा कूल एक लाख ३२ हजार ५३ वटा घर जग्गाको काम भएको देखिन्छ । यस आधारमा पनि माघको तुलनामा फागुनमा बढी काम भएको स्पष्ट हुन जान्छ । गत माघमा कूल ५९ हजार ५१६ वटा लिखत पारित भएका थिए ।

यस्तै घर जग्गाको नामसारीतर्फ चार हजार २७७ वटा थिए । संशोधनतर्फ तीन हजार ६२२, हाल साविक दुई हजार १४९, रोक्का ३० हजार ९८७ र फुकुवातर्फ १८ हजार ६७६ वटा भएका थिए ।

बैंक तथा वित्तीय संस्थाले कर्जा दिएनन् वा कारोबार भएन भन्ने विषयलाई यो तथ्याङ्कले भने अस्वीकार गरेको जस्तो देखिन्छ । विभागको विवरण अनुसार फागुन महिनामा घर जग्गाको कारोबारबाट मात्रै ६ अर्ब २६ करोड १६ लाख १० हजार १०५ रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको छ । रजिष्टे«शन दस्तुरबाट ३ अर्ब ७८ करोड ११ लाख ८६ हजार ७९९ रुपैयाँ ,अतिरिक्त शुल्कबाट ४ लाख दुई हजार ५४५ रुपैयाँ पूँजीगत लाभकरबाट १ अर्ब ४४ करोड ४६ लाख ३ हजार ३ रुपैयाँ बराबरको राजश्व उठाइएको छ ।

सो महिना मात्रै घर जग्गाको कारोबारमा ५५ करोड ६५ लाख ९४ हजार ४०९ रुपैयाँ बराबरको छुट समेत पाएका छन् । बागमतीतर्फ मालपोत कार्यालय चावहिलमा फागुन महिनामा ३८ करोड ३५ लाख ९८ हजार, मालपोत कार्यालय डिल्लीबजारले ४५ करोड ३२ लाख ६ हजार ३५३ रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको छ । मालपोत कार्यालय कलङ्कीले ३९ करोड १६ लाख ८५ हजार ५०२ रुपैयाँ, मालपोत कार्यालय साँखुले १५ करोड ७४ लाख ८० हजार ५१२ रुपैयाँ, मालपोत कार्यालय मनमैजुले १३ करोड २९ लाख ३२ लाख ७५६ रुपैयाँ, मालपोत कार्यालय टोखाले ११ करोड २९ लाख २४ हजार ४१९ रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ ।

यस्तै, काठमाडौँ उपत्यकामा सबैभन्दा बढी लखनखेल मालपोत कार्यालयले बढी राजस्व सङ्कलन गरेको छ । विभागको विवरण अनुसार लखनखेल मालपोतले ५४ करोड २२ लाख ११ हजार १३९ रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको छ । यस्तै, मालपोत कार्यालय बाँकेले ११ करोड २३ हजार ४०९ रुपैयाँ, मालपोत कार्यालय कास्कीले १२ करोड ४५ लाख ३० हजार ९९२ रुपैयाँ, मालपोत कार्यालय चितवनले १६ करोड २८ लाख ३४ हजार ८७७ रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको छ । विभागका अनुसार मालपोत कार्यालय रुपन्देहीले ९ करोड १९ लाख २६ हजार ३२४ रुपैयाँ, मापलपोत कार्यालय चन्द्रौटाले ३ करोड ३५ लाख ८४ हजार ३३८ रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको छ ।

केही मालपोत कार्यालयले भने मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कमार्फत पनि राजस्व सङ्कलन गरेको छ । त्यसमा सप्तरीको राजविराज र कञ्चनपुर, सिराहाका दुई मालपोत कार्यालय, जनकपुरधाम, जलेश्वर, महोत्तरी, सर्लाहीका तीन मालपोत कार्यालयले मुख्यमन्त्री स्वच्छता अभियान कोषमार्फत रकम सङ्कलन गरेको छ । प्रदेश नं २ का रौतटह, बारा, पर्साका मालपोत कार्यालयमासमेत सो कोषमार्फत घर जग्गाको कारोबार गर्दा रकम सङ्कलन गरिएको छ । त्यसबापत ४ करोड २९ लाख ५१ हजार ७९४ रुपैयाँ बराबरको रकम सङ्कलन भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्