Shikhar Insurance
National Life

सेयर कारोबार बन्द भएको विषयमा छानविन गर्न अर्थमन्त्रीको निर्देशन

सिंहदरबार संवाददाता
२०७८ चैत्र ५, शनिबार २१:५४
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल स्टक एक्सचेञ्जको कारोबार बन्द भएको विषयमा आवश्यक छानविन गर्न निर्देशन दिएका छन् । मन्त्रालयको विकास समस्या समाधान समितिको बैठकमा उपस्थित नेपाल धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सिईओलाई मन्त्री शर्माले कारोबार बन्द भएको विषयमा तत्काल छानविन गर्न निर्देशन दिएका हुन् ।

केही दिनअघि नेप्से बन्द भएको बिषयमा ध्यानाकर्षण भएको भन्दै उक्त सममस्याको तत्कालन छानबिन गर्न र आइन्दा यस्ता समस्या दोहोरिन नदिन धितोपत्र बोर्ड र नेप्सेका अधिकारीलाई निर्देशन दिए । ‘ केही दिनअघि नेप्से बन्द भएको कुरा गम्भिर हो । यो सामान्य बिषय होइन, त्यसैले अहिलेको नेतृत्वले यो समस्या समाधान गरोस्’ उनले भने, ‘यो प्राविधिक बिषय मात्र होइन जस्तो लाग्छ । यो समग्र पुँजी बजारलाई नै असर गरेको छ ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

फागुन ३० गते सोमबार नेप्सेमा नियमित कारोबार समय ४ घण्टा भएपनि २ घण्टा मात्र कारोबार भएको थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्