Shikhar Insurance
National Life

एडीबीलाई सीबीफिनले भन्योः हाम्रो हीत चाहनुहुन्छ भने १ अर्ब डलरको सहुलियत ऋण दिएर सहयोग गर्नुहोस्

सिंहदरबार संवाददाता
२०७८ चैत्र ४, शुक्रबार १८:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफिन) को नेतृत्व र एसियाली विकास बैंकको छोटो भ्रमणमा नेपाल आएका मनिलाका शीर्ष प्रतिनिधिमण्डलले वित्तीय क्षेत्रको सुदृढीकरण, स्थानीय तथा उत्पादनशील उद्योगलाई ऋणमा सहज पहुँच र अन्य लजिस्टिक्स पूर्वाधारको माध्यमबाट स्वदेशी अर्थतन्त्रको प्रवर्द्धनका लागि सीबीफीनसँग मिलेर काम गर्ने इच्छा व्यक्त गरेका छन् ।

सीबीफीनले आयोजना गरेको विशेष बैठकमा दक्षिण एसिया मामिला हेरिरहेका एडीबी मनिलाका उपमहानिर्देशक मनमोहन परकाशले नवीन र स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमा केन्द्रित भएर क्रेडिट, विश्वव्यापी बजार अवसरहरू, अन्वेषण र नयाँ प्रविधि उपलब्ध गराई देशको आफ्नै स्रोत साधनले अर्थतन्त्रलाई दिगो बनाउनुपर्नेमा जोड दिए । त्यसैगरी नेपाललाई अबको दिनमा पूर्वाधार फाइनान्सिङ मेकानिज्म, माइक्रो इन्टरप्रेन्युअरसिप डेभलपमेन्ट प्रोजेक्ट, एसएमई फाइनान्सिङ आवस्यक भएको कुरा उनले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘साना तथा मझौला व्यवसायीहरुलाई विनाधितो कर्जा उपलब्ध गराउनु पर्छ अनि मात्र उनीहरु दिगो रुपमा आफ्नो ब्यवसाय सञ्चालन गर्न सक्छन्, एमएसएमईहरुबाट ठूलो रोजगारी सृजना हुने हुनाले यी उद्योगहरूलाई वित्तीय पहुँच, बजार र पूर्वाधारसँगै सीप सहित सहयोग गरिनुपर्छ, ’ उनले भने ।

परकाशले कुनै प्रक्रियागत बाधा बिना उचित ब्याजदरमा जोड दिए । एमएसएमईहरुलाई प्रभावकारी रूपमा सञ्चालन गर्न धितो-रहित ऋण दियो भने मात्र उनीहरु बाच्न सक्ने उनले बताए । महिला नै समाजका वास्तविक परिवर्तनका संवाहक हुन् भन्दै उनले महिलालाई सीप र सहज वित्तीय पहुँचको माध्यमबाट व्यवसाय प्रवर्द्धन गरी दिगो बनाउन सक्यो भने अर्थतन्त्रलाई ठूलो सहयोग पुग्ने सुझाव दिए ।

बैठकमा सीबीफिनका अध्यक्ष पवनकुमार गोल्यानले आजको आर्थिक संकटको बेलामा एडीबीले नेपाललाई एक अर्ब डलरभन्दा बढीको सहुलियत ऋण उपलब्ध गराउन अनुरोध गरे । यसले तरलताको समस्या पनि समाधान हुने र बैंक तथा वित्तीय संस्थाहरूले निजी क्षेत्रलाई लक्ष्यअनुरूप ऋण पनि दिन सक्ने उनको भनाइ छ । कोभिड १० ले थला परेका उद्योग पूर्ण क्षमतामा संचालन भए आर्थिक क्रियाकलाप चलायमान हुने निश्चित रहेको उनको भनाइ छ । त्यस्तै, यस कठिन समयमा देशका वाणिज्य बैंकहरूले उपभोग गर्न सक्ने अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूबाट व्यावसायिक ऋण ल्याउन एडीबीको सहजीकरण आवश्यक रहेको अध्यक्ष गोल्यानको भनाई छ ।

‘हाल नेपालको आयात ४२ प्रतिशतभन्दा बढीले बढेको छ, रेमिट्यान्स निकै न्यून छ र बीओपी पनि २४७ अर्ब ३ करोडले घाटामा छ । यस्तो कठिन समयमा, वित्तीय क्षेत्रलाई सुदृढ गर्न, निर्यात क्षमता बोकेका स्वदेशी उद्योगहरूलाई प्रबर्धन गर्न, प्रत्यक्ष च्यानलहरू मार्फत एमएसएमईलाई ऋणमा राम्रो पहुँच बनाउन एडीबीको आर्थिक सहयोग धेरै आवश्यक भएको छ, जसले दिगो अर्थतन्त्रका लागि उत्पादक/कृषकको क्षमता बलियो बनाउन मद्दत गर्छ, ’ गोल्यानले भने ।

सीबीफिनका वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाहले लगानीकर्तामैत्री वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता माथि जोड दिए । सीबीफिन नीति संवाद, नीति निर्माण साथै कार्यान्वयनमा एडीबीसँग मिलेर काम गर्न तयार रहेको उनले बताए । विभिन्न बाधा–अड्चन पार गर्दै अगाडि बढ्नुपर्ने र उत्पादनशील क्षेत्रमा लगानी प्रवर्द्धन गर्नुपर्ने तर्फ इंकित गर्दै उनले राज्यको सहजीकरण आवश्यक भएको बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्