Shikhar Insurance
National Life

तरलता अभावबीच व्यापार बढाउँदै बैंकः निक्षेपमा सनराइज र कर्जामा एनसीसीको छलाङ्ग

कुन बैंकको विजनेश कति ?
सिंहदरबार संवाददाता
२०७८ चैत्र ४, शुक्रबार १६:००
Hyundai
NCELL
NIMB

काठमाडौं । तरलता अभावबीचमै वाणिज्य बैंकहरुको व्यवसायीक गोथ राम्रै देखिएको छ । बैंकिङ प्रणालीमा चालु आर्थिक वर्ष शुरु भएसँगै लगानी योग्य रकम (तरलता) को चाप पर्दै गएको हो । तर, यही बीचमा वाणिज्य बैंकहरुको भने ३.१२ प्रतिशत निक्षेप र १२.१३ प्रतिशतले कर्जामा ग्रोथ देखिएको छ ।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले गत आवको असार मसान्तसम्म बैंकहरुले ४२ खर्ब १ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन गरेका थिए । चालु आवको फागुन मसान्तसम्म ४३ खर्ब ३२ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । ८ महिनाबीचमा वाणिज्य बैंकहरुले १ खर्ब ३१ अर्ब १२ करोड रुपैयाँ थप निक्षेप संकलन गरेका हुुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गत आवको असार मसान्तमा वाणिज्य बैंकहरुले संकलन गरेको निक्षेप र प्रवाहित कर्जाको ग्रोथलाई प्रतिशतको आधारमा तुलना गर्दा व्यवसायीक छलाङ्ग मार्नेमा सनराइज र एनसीसी बैंक देखिन्छ । सनराइज बैंकले निक्षेपमा सबैभन्दा बढी १८.०५ प्रतिशतले र एनसीसी बैंकले कर्जामा सबैभन्दा बढी २१.३६ प्रतिशतले ग्रोथ गरेको हो ।

यद्दपी, सो अवधिमा कुल निक्षेप संकलन र कर्जा प्रवाहमै एनआइशी एशिया बैंक अघि छ । फागुन मसान्तसम्म बैंकले ३ खर्ब ४ अर्ब निक्षेप संकलन गरी २ खर्ब ७४ अर्ब ३६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । आठ महिनाको अवधिमा बैंकले निक्षेपमा १.५२ प्रतिशतले र कर्जामा ९.५२ प्रतिशतले वृद्धि गरेको हो ।

औषतमा वाणिज्य बैंकहरुको निक्षेप संकलन फागुन मसान्तसम्म वृद्धिभएको देखिएपनि सो अवधिमा १० वटाको भने घटेको छ । गत असार मसान्तसम्म संकलित निक्षेपको तुलनामा फागुुन मसान्तसम्म १० वटा वाणिज्य बैंकहरुको निक्षेप संकलन ०.५८ प्रतिशतदेखि ९.४४ प्रतिशतसम्मले घटेको छ । जसमध्ये सबैभन्दा बढी नेपाल इन्भेष्टमेण्ट बैंक र सबैभन्दा थोरै सिटिजन्स बैंकको निक्षेप संकलनको ग्रोथ घटेको हो । सो अवधिमा १७ वटा वाणिज्य बैंकको निक्षेप भने ०.१० प्रतिशतदेखि १८.०५ प्रतिशतसम्मले वृद्धि भएको छ ।

यस्तै, यसबीच कर्जाको ग्रोथ भने निक्षेपको तुलनामा ४ गुणा बढी छ । गत आवको असार मसान्तसम्म वाणिज्य बैंकहरुले ३७ खर्ब २० करोड ७५ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जुन चालु आवको फागुन मसान्तसम्म आइपुग्दा १२.१३ प्रतिशत अर्थात् ४ खर्ब ५१ अर्ब २४ करोड रुपैयाँले थप भएको नेपाल बैंकर्स संघद्वारा प्राप्त तथ्यांकले देखाउँछ । फागुन मसान्तसम्म वाणिज्य बैंकहरुले कुल ४१ खर्ब ७१ अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

सो अवधिमा सबै वाणिज्य बैंकहरुको कर्जाको वृद्धिदर सकारात्मक छ । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले गत असार मसान्तमा प्रवाहित कर्जामा चालु आवको फागुन मसान्तसम्म ३.५९ प्रतिशतदेखि २१.३८ प्रतिशतसम्म वृद्धि गरेका छन् ।

आठ महिनामा कर्जाको वृद्धि सबैभन्दा बढी एनसीसी बैंकको र सबैभन्दा कम एनआएसी एशिया बैंकको देखिएको छ । एनसीसी बैंकले गत आवको असार मसान्तसम्म ९९ अर्ब ९१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो जुन चालु आवको फागुन मसान्तसम्म आइपुग्दा २१.३८ प्रतिशत अर्थात् २१ अर्ब ३६ करोड रुपैयाँले थप भएको हो ।

एनआइसी एशिया बैंकले भने गत आवको असार मसान्तसम्म २ खर्ब ६४ अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जसमा ३.५९ प्रतिशत अर्थात् ९ अर्ब ५२ करोड रुपैयाँ थप गरेको हो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्