काठमाडौं । इन्धनको मूल्य फेरि बढेको छ । आज राति १२ बजेदेखि लागु हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलकोको भाउ ५-५ रूपैयाँले बढाएको हो ।
अब पेट्रोलको मूल्य प्रतिलिटर १५५ रूपैयाँ, डिजेल र मट्टितेलको १२८ पुगेको छ । ग्यासको भाउ भने यथावत नै छ । भाउ बढेपनि निगमलाई १५ दिनमा ४ अर्ब ६६ करोड रुपैयाँ घाटा हुने बताइएको छ । रूस-युक्रेन युद्धका कारण तेलको भाउ संसारभर आकाशिएको छ ।
२१ रुपैयाँ महंगो बनेर आयो पेट्रोल, नेपालमा कतिले बढाउने भन्ने निर्णय लिन देउवाकहाँ पुगे थानी
प्रतिक्रिया दिनुहोस्