Shikhar Insurance
National Life

पुँजीगत खर्चको कथाः गफ ‘महिनाको १०%’, यथार्थ ‘८ महिनामा २०%’ मात्र

सिंहदरबार संवाददाता
२०७८ चैत्र २, बुधबार १४:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । आर्थि वर्ष २०७८/७० को ८ महिना बित्दा जम्मा २० प्रतिशतमात्र पुँजीगत खर्च भएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक ल्याउँदा महिनाको १० प्रतिशत पुँजीगत खर्च गर्ने झ्याली पिटेका भएपनि यथार्थ निकै पछाडी देखिएको हो ।

शर्माको योजना अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ८० प्रतिशत पुँजीगत खर्च भइसकेको हुनुपर्ने हो । तर, भाषण र काम गराइमा एकरुपता हुन नसक्दा शर्मा अर्थ मन्त्रालयको बागडोर सम्हाल्न फेल भइसकेको संकेत गर्दछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पुँजीगत खर्च हुन नसक्नु नयाँ विषय भने होइन । तर, मन्त्री शर्माबाट सबैलाई ठूलै आश थियो । बजेटमा उल्लेख विषय कार्यान्वयन हुन समयमै कानुनी व्यवस्था होलान्, मन्त्रीको तदारुकतामा समयमै ठेक्का लाग्लान्, बजेट अनुशासन कायम होला भन्ने जनअपेक्षा थियो । त्यसो त असोज लाग्दै गर्दा मासिक १० प्रतिशत पुँजीगत खर्च गर्ने योजना सुनाइरहँदा कार्यान्वयन योजना पनि बनिसकेको होला भन्ने अपेक्षा सबैले गरेका थिए ।

तर, वास्तविकता त्यसो हुन सकेन ।

चालु आवका लागि मन्त्री शर्माले १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख रुपैयाँ विनियोजन गरेका थिए । जसमध्ये पुँजीगततर्फ ३ खर्ब ७८ अर्ब ९ करोड ७७ लाख खर्च गर्ने लक्ष्य लिइएको थियो ।

चालु आवको पहिलो २ महिना बजेट प्रतिस्थापनको तयारी र आलटाल गर्दै बितेकामा मन्त्री शर्माले तेस्रो महिनाबाट मासिक १० प्रतिशत खर्च गर्ने कथा सुनाएका थिए ।

मासिक १० प्रतिशत त टाढाको कुरा शर्माले बजेटको अद्र्धवार्षिक समीक्षा गर्दै यो योजना सम्भव नहुने बहाना सुनाए । र, आफूले सेट गरेको लक्ष्य उल्टै संशोधन पनि गरे ।

तर, संशोधित लक्ष्यअनुसार पनि खर्च हुने छाँट देखिँदैन ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार फागुन मसान्तसम्म ७६ अर्ब २२ करोड ७४ लाख रुपैयाँमात्र बजेट खर्च भएको छ । जुन लक्ष्यको २०.४ प्रतिशत हो ।

यस अवधिमा लक्ष्यको ४१.३६ प्रतिशत अर्थात् कुल ६ खर्ब ७५ अर्ब २९ करोड रुपैयाँ बजेट खर्च भएको छ । जसमा अधिकांश हिस्सा चालु खर्चको छ ।

चालु अर्थ लक्ष्यको ५०.५४ प्रतिशत अर्थात् ५ खर्ब ३८ अर्ब ४३ करोड रुपैयाँ भएको छ । वित्तीय व्यवस्थातर्फ पनि लक्ष्यको ३१.५३ प्रतिशत अर्थात् ५९ अर्ब ७१ करोड रुपैयाँ खर्च भएको छ ।

८ महिनाको अवधिमा सरकारले लक्ष्यको ५८ प्रतिशत अर्थात् ६ खर्ब ८४ अर्ब ६९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । ऋण, अनुदान र अन्य आम्दानीसमेत गर्दा फागुन मसान्तसम्म सरकारको कुल आय ७ खर्ब ३६ अर्ब ६३ करोड रुपैयाँ छ ।

कुन महिनासम्म पुँजीगत खर्च कति ?

 

GBIME

प्रतिक्रिया दिनुहोस्