Shikhar Insurance
National Life

मंगलबार नेप्सेमा दोहारो अंकको गिरावट

सिंहदरबार संवाददाता
२०७८ चैत्र १, मंगलवार १५:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । साताको तेस्रो कारोबारमा नेप्सेपरिसुचक १७.१५ अंकले घटेर २६५०.९७ बिन्दुमा कारोबार बन्द भएको हो ।

गत आइतबार चैत महिनाको लागि बैंकहरुले ब्याजदर नबढाउने हल्लामा लगानीकर्ता हौसिएर कारोबार गर्दा १ सय अंकले परिसुचक बढेको थियो भने ५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो । तर चैत १ गतेदेखि ब्याजदर सम्बन्धि हल्लाले यथार्थ पाउँदा भने बजार घटेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

घटेको बजारमा अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको छ । मंगलबार २ सय २९ कम्पनीहरुको ६५ लाख २९ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ३६ करोड ४२ लाख बराबरको कारोबार भएको छ ।

जसमध्ये सबैभन्दा बढी इमर्जिङ नेपालका लगानीकर्ताहरुले कमाएका छन् भने सबैभन्दा बढी नेपाल टेलिकमका लगानीकर्ताले गुमाएका छन् ।
कारोबारमा आएका ५२ वटा कम्पनीका लागानीकर्ताहरुले कमाएका छन् भने १३० कम्पनीका लगानीकर्ताहरुले भने गुमाएका छन् ।

मंगलबार होटल, सामुहिक लगानी कोष, निर्जीवन र बीमा कम्पनीको सुचांकमात्र उकालो लागेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्