Shikhar Insurance
National Life

विटक्वाइन, क्रिप्टोकरेन्सी र हाइपर नेटवर्किङ बन्द हुँदै, नियामकले दियो यस्तो निर्देशन

सिंहदरबार संवाददाता
२०७८ चैत्र १, मंगलवार १४:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले अनलाईन जुवा घर भन्दै हाइपर नेटवर्किङ, विटक्वाइन, क्रिप्टोकरेन्सी लगायतकोे कारोबारलाई तत्काल रोक्न निर्देशन दिएको छ । यस्तो कारोबार नेपाल गैरकानुर भएको भन्दै प्राधिकारणले यस्ता वेव साइट र एपहरु तत्काल बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको हो ।

प्राधिकरणले गत फागुन १ गते सञ्चार तथा सूचना मन्त्रालयको निर्णय अनुसार सो निर्देशन दिइएको उल्लेख गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

फागुन ३० गते सबै इन्टरनेट सेवा प्रदायकहरुलाई पत्र पठाउँदै प्रधिकरणले भनेको छ–‘अनलाईन प्रविधिमार्फत् हुने क्रिप्टोकरेन्सी, विट क्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा लगायतका गैर कानुनी त्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेव साइट, एप, अनलाईन सञ्जाल लगायतका भर्चुअल माध्यमहरु नेपाल भित्र प्रयोग, संचालन र व्यवस्थापनको मन्त्रीस्तरको निर्णय भएको हुनाले त्यस्ता अनलाईन प्रविधिमार्फत् हुने क्रिप्टोकरेन्सी, विट क्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा लगायतका भर्चुअल माध्यमहरु नेपाल भित्र प्रयोग गर्न, संचालन गर्न र व्यवस्थापन गर्न नपाउने गरी निषेध, डिसएबल तथा कालो सुचीमा राख्ने व्यवस्था गर्नु हुन निर्देशानुसार अनुरोध छ ।’

GBIME

प्रतिक्रिया दिनुहोस्