Shikhar Insurance
National Life

लक्ष्मी लघुवित्तको २ नयाँ शाखा सञ्चालनमा

सिंहदरबार संवाददाता
२०७८ चैत्र १, मंगलवार १३:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले थप २ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । संस्थाले रामेछापको हिलेदेवी र उदयपूरको नेपालटारमा चैत १ गतेदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

दुबै शाखाको उद्घाटन संस्था संचालक समितिका सदस्य अमित  शर्मा र संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज  शर्माले संयुक्त रुपमा गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

शाखा उद्घाटन कार्यक्रममा संस्थाका सामान्य प्रशासन विभाग प्रमुख दिलिप शर्मा, प्रदेश नम्बर १ का प्रमुख भिम न्यौपाने, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी लगायत स्थानीय बासिन्दाहरुको बाक्लो उपस्थिती रहेको थियो ।

अन्य कार्यक्रम संस्थाले प्रदान गर्ने सेवा सुविधाको बारेमा र संस्थाको भावी योजनाको बारेमा संस्थाका सीइओ शर्माले प्रष्ट्याएका थिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्