काठमाडौं । लामो समय सुस्ताएको वाणिज्य बैंकहरुको निक्षेप संकलनको ह्वात्तै बढ्न थालेको छ । फागुनको २७ दिनमै वाणिज्य बैंकहरुले १५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका हुन् ।
माघ मसान्तसम्म वाणिजय बैंकहरुमा ४३ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप मौज्दात थियो । फागुन २० गतेसम्म आइपुग्दा ४३ खर्ब २४ अर्ब र २७ गतेसम्म ४३ खर्ब २६ अर्ब रुपैयाँ पुगेको नेपाल बैंकर्स संघको तथ्यांकले देखाएको छ ।
वाणिज्य बैंकहरुमा लामो समयपछि निक्षेप वृद्धिको खडेरी समाधान हुँदै गएको देखिन्छ । निक्षेप संकलन विस्तारै सुधार हुँदै गएसँगै कर्जा प्रवाहसँग संतुलन मिल्दै गएको तथ्यांकले देखाउँछ ।
अघिल्लो सातासम्म निक्षेप संकलनको तुलनामा करोडौं बढी निक्षेप संकलन गरेका वाणिजय बैंकहरुले फागुनको २७ गतेसम्म भने यस्तो अनुपात घटाएका छन् । सो अवधिमा वाणिज्य बैंकहरुले संकलित निक्षेपभन्दा १ अर्ब रुपैयाँ कम कर्जा प्रवाह गरेका हुन् ।
गत माघ मसान्तसम्म वाणिज्य बैंकहरुले कुल ४१ खर्ब ५९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जुन फागुनको २७ गतेसम्म १४ खर्ब रुपैयाँले भएको नेपाल बैंकर्स संघको तथ्यांकले देखाएको छ । तर, अघिल्लो साताको तुलनामा भने वाणिज्य बैंकहरुले कर्जा प्रवाह घटाएका हुन् । फागुन २० गतेसम्म कुल ४१ खर्ब ७० अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो ।
पछिल्लो समय बैंकिङ प्रणाली लगानी योग्य रकम (तरलता) अभावको समस्यामा गुज्रिरहेको हुँदा बैंकहरुले कर्जा प्रवाह घटाएका हुन् ।
प्रतिक्रिया दिनुहोस्