काठमाडौं । सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेर एक लाख दुई हजार ३०० मा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार ८००मा कारोबार भएको थियोे ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार ८०० तोकिएको छ । जसको मूल्य आइतबार प्रतितोला रु एक लाख दुइ हजार ३०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर एक हजार ४१५ तोकिएको महासङ्घले जनाएको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार ९७३ डलर आसपास कारोबार भइरहेको छ ।रासस
प्रतिक्रिया दिनुहोस्