Shikhar Insurance
National Life

ग्रीन भेन्चर्सको ३१ लाख २५ हजार कित्ता आईपीओ चैत ८ गतेदेखि

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन ३०, सोमबार १०:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । ग्रीन भेञ्चर्स लिमिटेडको आईपीओ चैत ८ गतेदेखि निष्काशन हुने भएको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

कुल निष्काशनको ३ प्रतिशतले हुने ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । बाँकी रहेको २८ लाख ७५ हजार कित्ताका सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आईपीओ निष्काशन छिटोमा चैत ११ गते बन्द हुनेछ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । आइपीओमा न्यूनतम १० कित्ता शेयर खरीदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्