Shikhar Insurance
National Life

निर्माण व्यवसायी महासंघमा पुनः रबि सिंह निर्वाचित

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन ३०, सोमबार ०८:३०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा पुनः रवि सिंह निर्वाचित भएका छन् । अर्का प्रत्यासी निकोलश पान्डे र हुमनाथ कोइरालालाई भारी मतले पराजित गर्दै दोश्रो कार्यकाल अध्यक्ष निर्वाचित भएका हुन् ।

देश १ उपाध्यक्षमा मोहनप्रकाश अधिकारी, मधेश प्रदेश उपाध्यक्षमा शम्भु ठाकुर, बागमती प्रदेश उपाध्यक्षमा बालकृष्ण थापा, गण्डकी प्रदेश उपाध्यक्षमा खिमप्रकाश मल्ल, लुम्बिनी प्रदेश उपाध्यक्षमा टोपबहादुर रायमाझी, कर्णाली प्रदेश उपाध्यक्षमा रत्नबहादुर खड्का र सुदुरपश्चिम प्रदेश उपाध्यक्षमा प्रकाश बहादुर सेठी विजयी भएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यसैगरी महासचिवमा रोशन दाहाल पनि पुनः निर्वाचित भएका छन् । उपमहासचिव (नीतिगत) मा शिवहरि घिमिरे विजयी भएका छन् भने उपमहासचिव (आन्तरिक) मा नरहरि थपलिया विजयी भएका छन् । कोषाध्यक्षमा हिरणकुमार श्रेष्ठ विजयी र सहकोषाध्यक्ष सन्तोष शाह विजयी भएका छन् ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्