Shikhar Insurance
National Life

व्यवसायको हिसाब गरी ब्याजदर तोक्दै वित्त कम्पनीहरु, वाणिज्य र विकास बैंक तटस्थ

वित्त कम्पनीको एक वर्षे मुद्दतमिा १२.१५ प्रतिशत
सिंहदरबार संवाददाता
२०७८ फाल्गुन २९, आईतवार १९:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । वाणिज्य बैंक र विकास बैंकहरुले चैत महिनाको लागि निक्षेपको ब्याजदर नबढाउने निर्णय गरिसकेका छन् । तर, वित्त कम्पनीहरुले भने व्यवसायको हिसाव गर्दै ब्याजदर निर्धारण गर्ने निर्णय गरेका छन् ।

माघ महिनामा कायम निक्षेपको औषत ब्याजदरमा राष्ट्र बैंकको १० प्रतिशत ‘ग्याप’ नीति अनुसार वाणिज्य, विकास बैंक र वित्त कम्पनीहरुले थपघट गरेका थिए । फागुन महिनामा वाणिज्य बैंकहरुको ११.०३ प्रतिशत, विकास बैंकहरु ११.६५ प्रतिशत र वित्त कम्पनीहरुको ११.७१ प्रतिशत कायम गरेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्ययले चैत महिनामा पनि फागनुमै कायम ब्याजदर लागू गर्ने निर्णय गरिएको बताएका छन् । यता विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएशनका अध्यक्ष प्रधुम्न पोखरेलले पनि चैत महिनाको लागि फागुनमै कायम ब्याजदरलाई निरन्तरता दिने सिंहदरबारलाई जानकारी दिए ।

‘ब्याजदर बढाएर मात्र निक्षेप बढ्ने होइन, खर्च मात्र बढ्ने भयो । केही महिानासम्म ब्याजदर बढ्ने संकेत छैन । फागुनमा कायम ब्याजदर नै चैतमा पनि लागू हुन्छ ।’

तर, वाणिज्य बैंक र विकास बैंकहरुले फागुनमा कायम ब्याजदरलाई नै चैत महिनामा पनि निरन्तरता दिँदा वित्त कम्पनीहरुले भने बढाउने निर्णय गरेका हुन् ।
वित्त कम्पनीहरुले संकलन हुने निक्षेपको समयावधि हेरेर ब्याज दिने निर्णय गरेको वित्त कम्पनी बैंकर्स संघका अध्यक्ष सरोजकाजी तुलाधरले बताए ।

‘चैत महिनामा ३ महिनासम्मको मुद्दती निक्षेपमा मात्र फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिइने सहमति भएको छ,’ संघका अध्यक्ष तुलाधरले सिंहदरबारसँग भने, ‘पहिला एउटामात्र रेट हुन्थ्यो अब एक वर्षभन्दा माथिको मुद्दतीमा १२.१५ प्रतिशत हुन्छ ।’

विकास बैंक र वाणिज्य बैंकहरुले नबढाएको कारण ३ महिने मुद्दतीलाई नबढाइएको र लामो समयसम्म निक्षेप जम्मा गर्ने ग्राहकलाई प्रोत्साहन गर्न १ बर्षे मुद्दतीलाई बढी ब्याजदर दिने भएको उनको भनाइ छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्