Shikhar Insurance
National Life

सुपारीको आयात रोक्न माग गर्दै प्रधानमन्त्री र संसदीय समितिमा उजुरी

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन २९, आईतवार १८:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । केही समयअघिमात्र सरकारले खुला गरेको सुपारी आयातको कोटा खारेज गर्न सरोकावालाहरुले माग गरेका छन् । राष्ट्रिय उपभोक्ता मञ्चले प्रधानमन्त्री कार्यालय लगायत सम्बन्धित सबै सरकारी निकायहरुमा पत्रचार गरी सुपारी लगायत खाद्य वस्तु आयात कोटा खारेज गर्न माग गरेका हुन् ।

उपभोक्ता मञ्चले मुलुकको बिग्रिँदो आर्थिक अवस्था प्रति ध्यानाकर्षण गराउँदै देशभित्रै उत्पादन हुने खाद्य वस्तुहरुको आयात रोक्नु पर्ने माग गरेका छन् । आयातमा भर पर्दा विदेशी विनिमय सञ्चितिमा अत्यन्तै न्यून भएको अवस्थामा यसअघि बन्देज गरिएको सुपारी, मरिच, छोकडा, केराउको आयात खुला गर्दा अर्थतन्त्रमा थप नकारात्मक असर पर्न सक्ने उपभोक्ता मञ्चले औल्याएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उल्लेखित खाद्य वस्तुहरु आवश्यकताअनुसार नेपालमै उत्पादन हुने भएकाले तत्कालै आयात कोटा बन्द गरिनु पर्ने उपभोक्ता मञ्चको माग हो ।

‘नेपाली जनताले कम प्रयोग गर्ने सुपारी, केराउ, मरिच र छोकडा आयात गर्दा बैदेशिक मुद्राको संचितीमा भार पर्छ नै साथ साथै बिगतका बर्षहरुमा जस्तै सुपारी, मरिच र छोकडा अन्ततः भारतमा तस्करी भएर जाने लगभग निश्चित जस्तै छ । बैदेशिक मुद्रा अनावश्यक खर्च हुने र अर्को तर्फ तस्करी व्यापारलाइ बढावा दिने काम हुने र नेपाली उपभोक्ता कुनै लाभ नहुने यस्तो असान्र्दभिक कामले नेपाल सरकारको छविमा समेत आंच पुग्ने भएकोले यस बिषयमा गम्भिरताका साथ बिचार गरी नेपाल सरकारले आयात इजाजत खुला गरेको उपरोक्त निर्णय तत्काल खारेज गर्न गराउन आवश्यक निर्देशन दिलाइ पाउन हार्दिक अनुरोध गर्दछौं,’–पत्रमा भनिएको छ ।

सरकारलाइ आर्थिक भार बढि पर्ने र दैनिक जीवनमा असर नपर्ने सामाग्रीको आयातमा नियन्त्रण गर्नु पर्ने र अन्तर्राष्ट्रिय बजारमा बढदै गएको मूल्यवृद्धिलाई नजिकबाट अवलोकन गर्दै नेपाली बजारलाई कडाइका साथ नियमन गरी आम उपभोक्ताको दैनिक जिवन सहज बनाउनको लागी नेपाल सरकार लाग्नु पर्ने माग गरिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्