Shikhar Insurance
National Life

जेठ २९ गते भित्रै अन्तिम स्वीकृति लिन निर्देशन दिँदै नबिल र एनबीलाई राष्ट्र बैंकले दियो एलओआई

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन २९, आईतवार १८:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले नबिल बैंक र नेपाल बंगलादेश (एनबी) बैंकलाई प्राप्तिको लागि सैद्दान्तिक स्वीकृति (एलओआई) दिएको छ । आगामी ३ महिना भित्रै अन्तिम स्वीकृति लिन निर्देशन दिँदै राष्ट्र बैंकले संयुक्त मर्जर कमिटिीलाई पत्र दिएको हो । गत पुस २९ गते नबिल बैंकले एनबी बैंकलाई एक सय कित्ता बराबर ४३ कित्ता हुने गरी प्राप्तिका लागि प्रारम्भिक सम्झौता गरी राष्ट्र बैंकमा स्वीकृतको लागि पुगेका थिए ।

करिब २ महिना स्वीकृतको पाइपलाइनमा राखेर ३ महिना भित्रै अन्तिम स्वीकृतिको लागि प्रकृया पुरा गर भन्दै एलओआई दिएको एनबी बैंकका सञ्चालन इन्द्र बहादुर थापाले सिंहदरबारलाई जानकारी दिए । राष्ट्र बैंकबाट सैद्दान्तिक स्वीकृति पाएको पत्र पाएपछि दुबै बैंकले एक्विजेशन प्रक्रियाका लागि सम्पत्ति र दायित्वको मूल्यांकन (डीडीए) गराउनु पर्ने प्रवाधान छ । अब संयुक्त मर्जर कमिटीले राष्ट्र बैंकले दिएको समयसीमा अगावै अन्तिम स्वीकृति लिन प्रकृया पुरा गर्ने उनको भनाइ छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्