Shikhar Insurance
National Life

नयाँ अध्यक्षले सेट गर्न थाले अनुकुल टिम, जेठ ३० मा अवकास पाउने गिरीलाई नियमन विभाग

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन २९, आईतवार १८:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष रमेश हमालले बोर्डमा आफु अनुकुल कर्मचारी टिम बनाउन सुरु गरेका छन् । कार्यभार सम्हालेको एक महिना नपुग्दै अध्यक्ष हमालले महत्वपूर्ण विभागहरुको जिम्मेवारी हेरफेर गरेका हुन् ।

अध्यक्ष हमालले फागुन २७ गते शुक्रबार बोर्डमा महत्वपूर्ण विभागका रुपमा रहेको नियमन विभागका हाकिम परिवर्तन गरेका हुन् ।
जेठ ३० गते अनिवार्य अवकास पाउन लागेका कार्यकारी निर्देशक निरज गिरीलाई नियमन विभागको जिम्मेवारी दिएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गिरीले यस अघि बस्तु बजार तथा अनुसन्धान विभागको नेतृत्व सम्हालिरहेका थिए । नियमन विभागबाट मुक्ति श्रेष्ठलाई गिरीको पुरानो विभागमा पठाईएको छ ।

अध्यक्ष हमालले आफ्नो सचिवालयको टिम समेत हेरफेर गरेका छन् । यसअघि अध्यक्षको सचिवालयमा रहेका रेवत श्रेष्ठलाई अनुसन्धान विभाग पठाएर अजय ढुंगानालाई अध्यक्षको सचिवालयमा ल्याईएको छ ।

अध्यक्ष हमालले राजनीतिक प्रतिशोधका आधारमा जिम्मेवारी बाडफाँट गरेको आरोप लागेको छ । कार्यकाल सकेर घर जाने बेला भएका गिरीलाई नियमन विभागमा ल्याइनुले पनि गम्भिर आशंका व्यक्त गरेको आरोप पनि छ । ‘पदपुर्ति र बढुवालाई प्रभावित पार्न अध्यक्षले सरुवा र जिम्मेवारी बाडफाँट गरेका हुन्’, धितोपत्र बोर्ड सम्वद्ध श्रोतले भन्यो ।

अध्यक्ष हमालले भने जिम्मेवारी हेरफेरमा आफ्नो कुनै स्वार्थ नभएको बताएका छन् । ‘पदपुर्ति र बढुवाको काम हुँदैछ, त्यसमा स्वार्थ बाझिनु हुन्न भनेर जिम्मेवारी हेरफेर गरेको हुँ’ अध्यक्ष हमालले भने ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्