Shikhar Insurance
National Life

नबिल बैंकले एकै दिन थप्यो चार नयाँ शाखा, अब १४१ शाखा र १८७ एटीएमबाट सेवा

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन २९, आईतवार १४:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । नबिल बैंकले एकै दिन चार वटा नयाँ शाखा थपेको छ । बैंकले आइतबार काठमाडौंको जरंखु, शंखमुल र गोंंगम्बु जालपा तथा ललितपुरको ठैबमा नयाँ शाखा स्थापना गरेको हो ।

नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल र तारर्केश्वर नगरपालिकाका मेयर रामेश्वर बोहराले संयुक्त रुपमा जरंखु शाखा आरम्भ गरेका थिए भने बैंक संचालक मलय मुखर्जी र काठमाडौं महानगरपालिका वडा नं. १० शंखमूलका कार्यवाहक वडा अध्यक्ष रोहिनी श्रेष्ठले शंकखुल शाखाको सेवा आरम्भ गरेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, बैंक संचालक आशा राणा अधिकारी र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले संयुक्त रुपमा ठैब शाखाको सेवा सुरुवात गर्दा बैंकका सञ्चालक उदयकृष्ण उपाध्याय र टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी गोंगम्बु जालपा शाखा आरम्भ गरे ।

विगत ३७ वर्षदेखि ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको नबिल बैंकको नयाँ शाखाहरूले ग्राहकहरुलाई पूर्ण रुपमा अत्याधुनिक बैंकिङ सेवाहरू प्रदान गर्नेछन् । एकै दिन थपिएका चार नयाँ शाखासँगै नबिलको शाखा कार्यालय १४१ पुगेको छ । बैंकले १८७ एटीएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरूबाट देशभर सेवा प्रदान गर्दैै आईरहेको छ ।

लगानीकर्तालाई उच्च प्रतिफल दिन सफल बैंक नबिलले उत्पादनमूलक क्षेत्र तथा युवालाई प्राथमिकतामा राखेर बैकिङ सेवा प्रदान गर्नुका साथै पर्यावरण र मानव समाजलाई सहयोग पुग्ने क्षेत्रमा आफ्नो लगानीलाई विस्तार गर्दै आएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्