Shikhar Insurance
National Life

सुनको मूल्य २ सयले बढेर तोलामै एक लाख दुई हजार ८ सय कायम

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन २९, आईतवार १३:२२
Hyundai
NCELL
NIMB

काठमाडौं । सुनचाँदी बजारमा आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख दुई हजार ८०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार ६०० मा कारोबार भएको सुन आइतबार प्रतितोला २०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार ३०० तोकिएकामा गत शुक्रबार प्रतितोला एक लाख दुई हजार १०० थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले बढेर एक हजार ४२५ पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९८७ डलर आसपास कारोबार भइरहेको छ ।रासस

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्