काठमाडौं । लामो अन्योलपछि नेपाल लाइफका लगानीकर्ताहरुले १४ प्रतिशत बोनस पाउने भएका छन् । नियामक बीमा समितिमा नेपाल लाइफलाई लाभांश बाढ्न दिने वा नदिने भन्नेबारे लामो छलफलपछि अन्ततः बोनस सेयर वितरण गर्न दिने निर्णय भएको हो ।
बीमा समितिबाट लाभांश वितरणको स्वीकृति पाएपछि कम्पनीले चैत २१ गतेका लागि साधारण सभा डाकिसकेको छ । कम्पनीले १४ प्रतिशत लाभांश र ०.७३६८ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिने प्रस्ताव साधारण सभाबाट पास गर्दैछ ।
त्यस बाहेक कम्पनीले संस्थापक सेयरधनीहरुका तर्फबाट ४ जना सञ्चालकहरु समेत निर्वाचित गर्नेछ । साथै, हाल कायम रहेको संस्थापक र साधारण सेयरको अुनपात ६०ः४० लाई ५१ः४९ मा रुपान्तरण गर्नका लागि प्रबन्ध पत्र विनियमावली समेत संसोधन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्