काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले तेश्रो विश्व युद्धको चेतावनी दिएका छन् । रुस र युक्रेनबीच जारी युद्धमा अमेरिकी संलग्नता भएमा त्यसले तेश्रो विश्वयुद्धको रुप लिने चेतावनी वाइइडेनले दिएका हुन् ।
उनले तेश्रो विश्व युद्धको सम्भावनालाई मध्यनजर गरेर अमेरिकाले युक्रेनमा आफ्ना सेना नपठाएको पनि बताएका छन् । ‘हामी नेटाको संयुक्त एंव बलियो फौजको सहायतामा आफ्ना सदस्यहरुको हरेक एक इञ्च जमिनको रक्षा गर्नेछौं । तर युक्रेनमा रुसका विरुद्ध सेना पठाउँदैनौं । किनकी नेटो र रुसविचको युद्धले तेश्रो विश्वयुद्ध निम्तिनेछ’, वाइडेनले ट्वीट गर्दै भनेका छन् ।
प्रतिक्रिया दिनुहोस्