Shikhar Insurance
National Life

सात महिनामा बैंकले कमाए ४५ अर्ब, ग्लोबल पहिलो हुँदा एनआइसी र नबिल पछि पछि

विकास बैंक/वित्त कम्पनीमा मुक्तिनाथ र बेस्ट अघि
सिंहदरबार संवाददाता
२०७८ फाल्गुन २७, शुक्रबार १५:५९
Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा बैंक तथा वित्त कम्पनीले ४४ अर्ब ९० करोड रुपैयाँ खुद नाफा कमाएका छन् । माघ मसान्तसम्म वाणिज्य बैंकहरुले ४० अर्ब २४ करोड, विकास बैंकहरुले ३ अर्ब ८८ करोड र वित्त कम्पनीहरुले ७७ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।

सो अवधिमा वाणिज्य बैंकहरुमा सबैभन्दा बढी ग्लोबल आइएमई बैंकले खुद नाफा आर्जन गर्न सफल भएको छ । ७ महिनामा सबैभन्दा बढी खुद नाफा आर्जन गर्ने बैंकहरुको सूचीको दोस्रो नम्बरमा एनआइसी एशिया र तेस्रोमा नबिल बैंक छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

ग्लोबल आइएमई बैंकले चालु आवको माघ महिनासम्म ३ अर्ब ३ करोड रुपैयाँ खुद नाफा आर्जन गर्दा एनआइसी एशियाले २ अर्ब ८५ करोड ९३ लाख र नबिल बैंकले २ अर्ब ६२ करोड रुपैयाँँ खुद नाफा कमाएको हो ।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये सबैभन्दा कम सिभिल बैंकले खुद नाफा कमाएको छ । बैंकले चालु आवको माघ मसान्तसम्म ६१ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको हो ।

सो अवधिमा ५ वटा वाणिज्य बैंकले २ अर्ब रुपैयाँदेखि १ अर्ब ३ करोड रुपैयाँसम्म, १५ वटाले १ अर्ब रुपैयाँदेखि २ अर्ब रुपैयाँसम्म र ७ वटा वाणिज्य बैंकले १ अर्ब रुपैयाँभन्दा कम खुद नाफा आर्जन गरेका छन् ।

यसैगरी, चालु आवको ७ महिनामा विकास बैंकहरुले पौने ३ खर्ब रुपैयाँ खुद नाफा कमाएका छन् । जसमा सबैभन्दा बढी मुक्तिनाथ विकास बैंकले कमाएको हो । विकास बैंकहरुतर्फ सबैभन्दा बढी खुद नाफा कमाउने सूचीको दोस्रो नम्बरमा गरिमा विकास बैंक र तेस्रोमा महालक्ष्मी विकास बैंक रहेका छन् ।

सो अवधिमा मुक्तिनाथ विकास बैंकले ६९ करोड ७८ लाख, गरिमा विकास बैंकले ५६ करोड ६५ लाख र महालक्ष्मी विकास बैंकले ५२ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । सो अवधिमा सबैभन्दा थोरै खुद नाफा गर्ने विकास बैंकहरुको सूचीमा कर्पोरेट डेभलपमेन्ट बैंक रहेको छ । बैंकले सो अवधिमा ४७ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

सो अवधिमा राष्ट्रियस्तरका विकास बैंकले मुक्तिनाथले खुद नाफा कमाउनमा वाणिज्य बैंकहरुलाई समेत पछि पारेका छन् ।
मुक्तिनाथ विकास बैंकले चालु आवको ७ महिनामा खुद नाफा आर्जनमा सिभिल बैंकलाई उछिनेको हो ।

यसैगरी, चालु आवको ७ महिनामा वित्त कम्पनीहरुले ७७ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । जसमध्ये सबैभन्दा बढी बेष्ट फाइनान्स र सबैभन्दा कम मल्टिनेशनल फाइनान्सले खुद नाफा आर्जन गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्