Shikhar Insurance
National Life

शोधनान्तर स्थिति साढे २ खर्ब रुपैयाँ घाटामा

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन २७, शुक्रबार १४:५५
Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा देशको शोधनान्तर स्थिति करिब साढे २ खर्ब रुपैयाँ घाटामा रहेको छ । बढ्दो आयातसँगै घट्दो रेमिट्यान्सले गर्दा चालु आवको माघ महिनासम्म देश भित्रिने र बाहिरिने रकम २ खर्ब ४७ अर्ब ३ करोड रुपैयाँ घाटामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९७ अर्ब ३६ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा
८१ करोड ७६ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ७ करोडले घाटामा रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो अवधिमा चालु खाता ४ खर्ब १३ अर्ब ८६ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ४ अर्ब ३९ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८९ करोड २१ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ३ अर्ब ४७ करोडले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १९.४ प्रतिशतले कमी आई ६ अर्ब ३१ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ८०.६ प्रतिशतले वृद्धि भई १६ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब ८३ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी ९ अर्ब २ करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा अन्तर्राष्ट्रिय मुद्रा कोषवाट १३.०८ अर्ब रुपैयाँ (अमेरिकी डलर ११०.४२ मिलियन) एक्स्टेन्डेड क्रेडिट फसिलिटी प्राप्त भएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्