काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा इञ्जिनियर उमेश प्रसाद थानी नियुक्त भएका छन् । सुर्खेत निवासी थानीलाई सरकारले निगमका कार्यकारी निर्देशक नियुक्त गरिएको हो ।
थानीसँगै चण्डिका भट्ट र जीवन प्रकाश सिटौलाको नाम कार्यकारी निर्देशकका लागि सिफारिस भएको थियो । मन्त्रिपरिषद बैठकले तीनमध्ये थानीलाई नियुक्त गरेको हो ।
थानीले नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्य र इन्जिनियरिङ परिषद्का रजिस्ट्रारको जिम्मेवारी पुरा गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्