काठमाडौं । एक दिनमै सुनको मूल्य साढे ३ हजार रुपैयाँले घटेको छ । बुधबार छापावाला सुनको मूल्य १ लाख ५ हजार ५ सय रुपैयाँमा खरिद बिक्री भएको थियो । जुन बिहिबार १ लाख २ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार बुधबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँ तोकिएको छ । बुधबार तेजाबी सून प्रतितोला १ लाख ५ हजार थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ४५ रुपैयाँले घटेर १ हजार ४०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा नेपाल दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९७८ डलर आसपास कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्