Shikhar Insurance
National Life

दृष्टिविहीन लक्षित नयाँ डिजाइनको एक रूपैयाँ दरको सिक्का बजारमा

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन २५, बुधबार १३:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले नयाँ डिजाइनको एक रुपैयाँ सिक्का प्रचलनमा ल्याएको छ। राष्ट्र बैंकले साविककै आकार तथा सुनौलो रङमा टकमरी गरिएको २०७७ साल लेखिएको एक रुपैयाँको सिक्का आजदेखि प्रचलनमा ल्याएको हो ।

सिक्काको अग्र भागमा बृत्ताकार चौसठ्ठी थोप्ला छन्। त्यहाँ हिमाल, पहाड र तराईको पृष्ठभूमिमा सात प्रदेशसहित लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ नक्सा राखिएको छ।
सिक्कामा फरक क्षमता भएका (दृष्टिविहीन) हरूले स्पर्श गरेर सिक्काको दर पहिचान गर्नका लागि एउटा मोटो थोप्लो पनि रहेको बैंकले जनाएको छ।सिक्कामा चन्द्र, सूर्यका साथै सगरमाथाको आकृति र अंग्रेजीमा सगरमाथा नेपाल लेखिएको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्