Shikhar Insurance
National Life

पेट्रोलियम पदार्थको मूल्य शतप्रतिशत बढ्न सक्ने, यस्तो छ कारण

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन २५, बुधबार १८:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । रुस र युक्रेनबीच जारी युद्धका कारण अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य शतप्रतिशत भन्दा पनि धेरैले बढ्ने अवस्था सृजना भएको छ । रुसले युरोप जाने आफ्नो तेल पाइपलाइन बन्द गर्ने धम्की दिएसँगै कच्चा तेलको मूल्य प्रति ब्यारेल ३ सय डलर पुग्ने अनुमान गरिएको हो ।

हाल अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १३९ डलर रहेको छ । यो मूल्य सन २००८ पछिको सबै भन्दा उच्चतम बिन्दु हो ।
युरोपियन युनियनका नेताहरुले रुसी ग्यासमाथिको निर्भरता कम गर्ने योजनासहित छलफल अघि बढाएका छन् । उनीहरुले सन २०३० सम्म्का लागि विकास र लगानीको मोडल तयार पार्ने अभियान सुरु गरेका छन् जसमा इन्धन आपूर्तिको श्रोत र च्यानलमा विविधिकरणलाई महत्व दिईएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोप जाने महत्वपूर्ण तेलका पाइपलाइन बन्द गर्ने चेतावनी दिईसकेका छन् । रुसी उप प्रधानमन्त्री एलेक्जेण्डर नोवाकले रुसले तेल आपूर्ति रोक्ने निर्णय गरेमा विश्वमा त्यसको विकासकारी प्रभाव पर्ने चेतावनी दिएका छन् । उनले रुसले चाहेमा विश्व बजारमा तेलको मूल्य दुई गुणाले बढ्ने छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले रुसमाथि थप प्रतिबन्ध लगाउन फ्रान्स, जर्मनी र बेलायतसँग अनुरोध गरेका छन् । जबकी युरोपका अधिकांश देशहरु रुसी इन्धनमा निर्भर छन् । अमेरिकाले पनि आफ्नो आवश्यकताको ३ प्रतिशत इन्धन रुसबाटै खरिद गर्छ । रुसले पाइपलाइनबाट जर्मनीमा ग्यास आपूति गराउँदै आएको छ । युक्रेनमाथि आक्रमण गरेपछि जर्मनीले रुसको नार्ड स्ट्रिम २ पाइपलाइनको सर्टिफिकेशन रोकेको थियो । जबकी नार्ड स्ट्रिम १ बाट जर्मनीले ग्यास आपूर्ति गरिरहेको छ । रुसले भने स्ट्रिम २ माथि प्रतिबन्ध जारी रहेमा स्ट्रिम १ बाट भैरहेको ग्यास आपूर्ति रोक्ने अधिकार आफुसँग रहेको चेतावनी दिईसकेको छ ।

अमेरिका, साउदी अरेबियापछि रुस तेश्रो ठूलो तेल उत्पादक देश हो । विश्वको कुल तेल आपूर्तिको ८ देखि १० प्रतिशत हिस्सा रुसले ओगट्छ ।
रुसले हरेक दिन ४० देखि ५० लाख ब्यारेल कच्चा तेल र हरेक वर्ष ८,५०० अर्ब क्युबिक फिट प्राकृतिक ग्यास निर्यात गर्दै आएको छ । र यसको अधिकांश हिस्सा युरोपियन मुलुकहरुमा जाने गरेको छ । अर्थात रुसले युरोपियन युनियनलाई ४० प्रतिशत ग्यास र ३० प्रतिशत तेल निर्यात गर्छ ।
भारतमा पनि संकट ?

युक्रेन संकट र इरानको तेल विश्व बजारमा आउन ढिलाई भएपछि अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा नयाँ रेकर्ड बनिरहेको छ । र भारतमा यसको असर तत्कालै देखिँदैछ । पाँच राज्यमा विधानसभा चुनाव सम्पन्न भएपछि भारतमा तेलको मूल्य ५ देखि ६ प्रतिशतसम्मले बढ्न सक्छ ।

टाइम्स अफ इण्डियाका अनुसार भारत आफ्ना केहि सरकारी पम्पहरुलाई तेलको मूल्य ६ देखि ६ रुपैयाँसम्म बढाउन सहमति दिएको छ ।
हाल भारतमा इन्धन कारोबारमा प्रति लिटर १२ रुपैयाँ नोक्सानी रहेको छ । कर कटौतीका बारेमा हालसम्म कुनै ठोस छलफल भएको छैन् । यद्यपी लामो समयसम्म कच्चा तेलको मूल्य अहिले जस्तै उच्च विन्दुमा रहेको खण्डमा भने कर कटौतीबारे पनि छलफल हुन सक्छ । त्यसबेला केन्द्र र प्रदेश सरकारहरुले कर कटौटी गर्न सक्नेछन र उपभोक्ताहरुको भार पनि कम हुन सक्छ ।

भारतमा नोभेम्बर महिनादेखि इन्धनको मूल्य वृद्धि भएको छ्रन् । त्यतिबेला केन्द्र र प्रदेश सरकारहरुले कर कटौती गरेका थिए । र त्यतिबेला अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल ८३ डलर थियो । डलरको तुलनामा भारतीय रुपैयाँको सटही दर पनि ७७ रुपैयाँमा झरेको छ र यो आजसम्मको सबै भन्दा कम दर हो ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्