Shikhar Insurance
National Life

एक सातामै वाणिज्य बैंकहरुले ११ अर्ब रुपैयाँ निक्षेप संकलन गरे, कर्जा प्रवाह सुस्तायो

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन २३, सोमबार १८:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । लामो समय सुस्ताएको वाणिज्य बैंकहरुको निक्षेप संकलनको ह्वात्तै बढ्न थालेको छ । फागुनको तेस्रो सातामै वाणिज्य बैंकहरुले ११ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका हुन् ।

माघ मसान्तसम्म ४३ खर्ब ११ अर्ब रुपैयाँ रहेको निक्षेप फागुनको पहिलो र दोस्रो साता वाणिज्य बैंकहरुले १/१ अर्ब रुपैयाँले मात्रै थप गर्न सफल भएका थिए । तर गत फागुन १३ गतेसम्म ४३ खर्ब १३ अर्ब रुपैयाँ मौज्दात रहेको वाणिज्य बैंकहरुको कुल निक्षेप फागुन २० गतेसम्म आइपुग्दा ४३ खर्ब २४ अर्ब रुपैयाँ पुगेको नेपाल बैंकर्स संघको तथ्यांकले देखाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

वाणिज्य बैंकहरुमा लामो समयपछि निक्षेप वृद्धिको खडेरी समाधान हुँदै गएको देखिन्छ तर, कर्जा प्रवाह भने सुस्ताएको छ । माघ मसान्तसम्म मसान्तसम्म वाणिज्य बैंकहरुले कुल ४१ खर्ब ५९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

जुन फागुनको दोस्रो साता ६ खर्ब रुपैयाँले थप भएको थियो । तर फागुनको तेस्रो साता भने वाणिज्य बैंकहरुले ५ खर्ब रुपैयाँले मात्र थप कर्जा प्रवाह गरेका छन् । फागुन २० गतेसम्म वाणिज्य बैंकहरुले कुल ४१ खर्ब ७० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

पछिल्लो समय बैंकिङ प्रणाली लगानी योग्य रकम (तरलता) अभावको समस्यामा गुज्रिरहेको हुँदा बैंकहरुले कर्जा प्रवाह घटाएका हुन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्