Shikhar Insurance
National Life

रियल सेक्टरलाई बुक बिल्डिङ विधिमार्फत् आइपीओ जारी गराउने बोर्डको तयारी

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन २३, सोमबार १६:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले रियल सेक्टरलाई समेत धितोपत्र बजारमा समेट्ने बताएका छन् । उनले धितोपत्र बजार सेयर कारोबारमा मात्र सिमित भएको भन्दै बजारको विविधीकरण गर्दै रियल सेक्टरलाई सूचीकृत गर्ने बोर्डको योजना रहेको बताएका हुन् ।

‘धितोपत्र बजारको उचित विकास होस् र त्यसमा विविधीकरण होस्, यसमा अन्य प्रोडक्टहरुपनि आओस्, बजारको फैलावट बढाएर रियल सेक्टरका प्रोडक्ट पनि आओस्,’ अध्यक्ष हमालले राजधानीमा आयोजित प्रत्रकार सम्मेलनमा भने, ‘अहिले भइरहेको बजारलाई एक कदम माथि लानको लागि आवश्यक कामहरु के के गर्न सकिन्छ अध्ययन तथा छलफल शुरु गरिसकेका छौं ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

जसका लागि धितोपत्र ऐन नियामवालीहरुलाई बजार अनुचित तथा प्रभावकारी बनाउन सोही अनुसारले संशोधन गरिने बताएका छन् । बजारको विविधीकरणको लागि नयाँ÷नयाँ प्रोडक्टहरु ल्याइनु पर्ने आवश्यकता औंल्याउँदै उनले सोको लागि बोर्डले अध्ययन शुरु गरिसकेको बताए ।

‘हाम्रो बजार इक्यूटी/सेयर बेसमै सिमित छ, यतिले मात्र पुगेन हामीले यसको जोखिम व्यवस्थापन गर्नका लागि धितोपत्र बजारको विविधीकरण गर्नु पर्छ । यसका लािग इन्फ्रास्टक्चर बण्ड ल्याउन सकिन्छ,’ उनले भने ‘बजारको विविधीकरणसँगै हामीले रियल सेक्टरका कम्पनीहरुलाई पनि लिस्टिङमा ल्याउनु पर्नेछ ।’

नेपालको धितोपत्र बजारमा बैंकिङ, इन्स्योरेन्स हाइड्रो मात्र बढी भएको हुँदा रियल सेक्टर पनि आउन जरुरी छ, यसकालागि बोर्डले प्रमुख भुमिका खेल्ने उनको भनाइ छ ।

नेपालमा १२ सयभन्दा बढीको संख्यामा रहेका सरकारलाई राजश्व तिर्ने रियल सेक्टरका कम्पनीहरुलाई धितोपत्र बजारमा सूचीकृत गराइ इक्यूटीमा आधारित रहेर बढेको सेयर जोखिमलाई व्यवस्थापन गर्न सकिने उनको भनाई छ । यसकालागि त्यस्ता कम्पनीहरुको सेयर पब्लिकमा जारी गर्दा थप प्रकृयाहरुको विकास गर्नु पर्ने उनको भनाइ छ ।

‘यसका लागि बुक बिल्डिङको प्रकृयालाई अघि बढाउनु पर्नेछ, त्यसलाई संसार भरी नै मान्य हुने गरि बनाउनु पर्छ, हामीले त्यो माप दण्डलाई सही रुपले लागू गराउनु पर्यो सबैलाई समान मापदण्डमा पनि राख्नु सक्नु पर्यो ।’

हाल बोर्डले बनाएको बुक बिल्डिङको निर्देशिका भारत, बंगलादेश लगायत अन्तराष्ट्रिय अभ्यास अनुसार बनाइएको हुँदा सोमा परिवर्तन गर्नुपर्ने आवश्यकता नभएको उनको भनाइ छ । जसले गर्दा सो विधिमार्फत रियल सेक्टरका कम्पनीहरुलाई बजारमा सूचीकृत गराउन सकिने उनको भनाई छ ।

‘समय सान्दर्भिक केही थपघट गर्नु पर्ने हुन्छ तर हामीले आफ्नो अविभार निभाउन सक्र्यौ भने, बजारमा सूचीकृत रियल सेक्टरका कम्पनीलाई धितोपत्र बजारमा भित्र्याउन चाहन्छौं, आउनुस् बोर्डको तर्फबाट के गर्नुपर्छ ? हाम्रो भुमिकामा बोर्डले उचित सहजिकरणको भुमिका निर्वाह गर्नेछ । पारदर्शी रुपमा सबै कम्पनीलाई एउटै मापदण्डमा राखेर हामी रियल सेक्टरका कम्पनीहरुलाई सूचीकृत गर्ने वातावरण सृजना गछौं ।’

रियल सेक्टरका कम्पनीहरु धितोपत्र बजारमा आउँदा लगानीकर्ताको लगानीको जोखिम कम हुने, सरकारी राजश्वक बढ्ने लगायतका फाइदा औल्याउँदै उनले सोका लागि अध्ययन शुरु भइसकेको जानकारी दिए ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्